शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दुई जिल्लाको खानेपानी विवादमा सर्वोच्चको अन्तरिम आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गलेश्वर । खानेपानीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीचको विवादमा सर्वोच्च अदालतले साबिककै मूल प्रयोगकर्ताको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । म्याग्दीको बेनी नगरपालिका –१ रत्नचौर र बागलुङको बागलुङ नगरपालिका –४ उपल्लाचौरका बासिन्दामा पानीको मूल प्रयोगको विषयलाई लिएर दुई महिनाअघिदेखि विवाद उत्पन्न भएको थियो । विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानीको मूल प्रयोगमा अवरोध नगर्न नेपाल सरकार तथा सम्बद्ध निकायको नाममा अन्तरिम आदेश जारी भएको हो । रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका –५ स्थित कमेरेको मूलको पानी बागलुङ नगरपालिका –४ उपल्लाचौरको बजारमा लैजान लागिएकामा बागलुङ नगरपालिकाको अगुवाइमा केही समूहले खानेपानीको मुहान भत्काएकाले त्यस विरुद्ध रत्नेचौरवासी सर्वोच्च अदालतमा पुगेका थिए ।

वषौँदेखि रत्नेचौरवासीले प्रयोग गदै आएको खानेपानीमा कुनै किसिमको अवरोध नगर्न, नयाँ संरचना नबनाउन र  पानी सहज आपूर्तिको वातावरण बनाउन कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश नहकुल सुवेदीको इजलासले प्रधानमन्त्रीको कार्यालय, खानेपानी तथा ढल निकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, बागलुङ जिल्ला प्रशासन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको अधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले जानकारी दिनुभयो ।

रत्नेचौरवासीका तर्फबाट अधिवक्ता चिरञ्जीवी शर्मा र बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता चन्द्रप्रसाद गुरागाईँ र बुद्धिलाल श्रेष्ठले बहस गर्नुभएको थियो । नेपालको संविधानमा खानेपानी सबै नेपालीको अधिकार भएकाले प्रयोग गरिरहेकालाई वञ्चित हुन नदिन र अन्य स्रोत खोजी गर्न मागसहित दायर रिटमा नेपाल सरकार र मातहतका निकायको नाममा कारण देखाऊ आदेश सहित अन्तरिम आदेश जारी भएको अधिवक्ता शर्माले बताउनुभयो ।

“बागलुङवासीलाई पनि खानेपानीको पहुँचबाट वञ्चित गर्नुहुँदैन, अन्य स्रोतको खोजी गरी रत्नेचौरवासीले प्रयोग गरिरहेको खानेपानीलाई अवरोध नगर्न आदेश भएको छ” उहाँले भन्नुभयो । रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा, नेत्रबहादुर महत, दुर्गाबहादुर रावल, कृष्णबहादुर बोगटी र मनु रावलले सर्वोच्चमा खानेपानीको सहज आपूर्तिमा अवरोध नगर्न माग गदै सो रिट दायर गर्नुभएको थियो ।

वि.सं २०२३ देखि खनाराम थापा र उहाँका परिवारका सदस्यको लिखित अनुमतिमा उपभोग गदै आएको खानेपानी रत्नेचौरवासीको सहमतिबिना नै वडाका जनप्रतिनिधिको नेतृत्वमा ट्याङ्की र मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

वि.सं २०२३ मा कुलो निर्माणमा कमेरे खानेपानी आयोजनाको संरचना बनाइ र कुलोबाट लगेको पानी उपभोग गर्दै आइएको थियो । वि.सं २०३६ मा खानेपानीको लागि पाइपको व्यवस्था गर्नाका साथै खानेपानीको मूल प्रयोग गरेबापत वि.सं २०५३ मा रु १२ हजार रत्नेचौरवासीले जग्गाधनी खनाराम थापालाई दिएका थिए ।

खानेपानीको मुहानमा यसअगाडि वि.सं २०६२ मा समेत विवाद भएको र सो विवादमा पनि विगतका सहमतिलाई नै आधार मानेर अगाडि बढ्ने निर्णय भएको थियो । कमेरे खानेपानी रत्नेचौरका करिब चार सय घरधुरीले प्रयोग गदैँ आइरहेका थिए । रत्नेचौरवासीले आसपासमा प्रशस्तै मूल भए पनि आफूले प्रयोग गर्दै आइरहेको मूललाई नै कब्जा गर्न खोजिएको बताइरहेका छन् भने बागलुङवासीले ४२ प्रतिशत बागलुङलाई र बाँकी ५८ प्रतिशत पानी रत्नेचौरवासीलाई हुनेगरी सहमति गर्न तयार रहेको बताएका छन् ।रासस

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

८ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक