आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

अर्बपति विनोद चौधरीलाई धनमोह र जनताको अवस्था !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
एक साताअघि ललितपुरको कुपन्डोल हाइट क्षेत्रमा केही घर भासिए । यसरी घर भासिनुको कारण थियो, नजिकै बन्न लागेको १६ तल्ले अपार्टमेन्ट । शुक्रबार राति भएको त्यो घटनामा कुनै मानवीय क्षति त भएन, तर दुई घर भासिए, केहीमा भत्किए । घटनामा स्थानीयको भागाभाग भयो, अहिले पनि उनीहरु त्रासमा छन् । नजिकै बन्न लागेको ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ ले एक वर्षअघि सम्भ्रान्त वर्गलाई लक्षित गरेर अपार्टमेन्ट र लक्जरियस होटल बनाउन थालेको थियो । त्यसका लागि ३० फिटभन्दा बढी खाडल खनेपछि स्थानीयको घर भासिएको हो ।
उक्त क्षेत्रको पुरानो समिट होटल भत्काएर सम्भ्रान्त वर्गलाई लक्षित गरेर निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट र होटलका लगानीकर्ता हुन्, नेपालका डलर अर्बपति, चौधरी ग्रूपका प्रमुख तथा कांग्रेस सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्य । १६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्ट र होटलमा करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, जहाँ १३० कोठाको पाँचतारे होटल, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । त्यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइने योजना छ । तर यति ठूलो संरचनाको काम अघि बढ्दा पनि नक्सापास गरिएको थिएन न त वातावरणीय प्रभाव मूल्यांकन नै । स्थानीयको विरोधको बाबजुद जबर्जस्ती त्यहाँ निर्माण कार्य अघि बढेको थियो ।
नेपालकै धनीमध्येका एक चौधरीले पछिल्लो समय राजनीतिमार्फत जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । तर, उनका कम्पनी मातहतका परियोजनाबाट भने जनताले निरन्तर दुःख पाउँदै आएको एउटा उदाहरण हो । अपार्टमेन्ट बन्न लागेको उक्त जग्गा पनि कब्जा गरेको भन्दै अर्का एक स्थानीयले अदालतमा मुद्दा दिएका छन् । यस्तो अवस्थामा चौधरीको व्यापारिक गतिविधि र राजनीतिक भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ । यसमा स्पष्ट रुपमा सत्ता, शक्ति र पैसाको चलखेल भएको मान्न सकिन्छ । यसमा नियमन गर्न ललितपुर महानगरपालिका पनि चुक्नुले जनप्रतिधिको भूमिका पनि शंकाको घेरामा आएको छ ।
संसदीय बैठकमा पनि मापदण्डविपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । अपार्टमेन्ट बनाउन नक्सासमेत पेस नभएको, वातावरण प्रभाव मूल्यांकन नगरिएको अवस्थामा स्थानीयको विरोधका बाबजुद काम हुनुले सरकार र मन्त्रीको मिलेमतो भएको हुनसक्ने सांसदहरुको आरोप छ । स्वयं समिट होटल प्रालिले पनि विज्ञप्ति जारी गर्दै यस घटनामा कमजोरी भएको स्वीकार गरेको छ । अहिले चौतर्फी रुपमा कसैको ज्यानै जानसक्ने गरी यसरी संरचना निर्माण थालिनु र पैसा तथा शक्तिको पहुँचमा जे सुकै पनि गर्न खोज्ने चौधरी जस्ता प्रवृत्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउनै माग उठेको छ,    जसको निष्पक्ष छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाही सरकारले गर्न जरुरी छ , आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४३ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक