सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

‘फिजिकल हुने’ भन्दै युवती बनेर युवकले ठगे ६० लाख रुपैयाँ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘फिजिकल हुने’ भन्दै युवती बनेर युवकले ठगे ६० लाख रुपैयाँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मदन ढुङ्गाना

काठमाडाैं  । करिब एक वर्ष अगाडि लाजिम्पाटका एक व्यापारीको फेसबुकको ‘पिपल यु मे नो’ क्याटेगोरीमा एउटा नाम र तस्बिर देखापर्छ । सृष्टि पौडेलको नाममा एक सुन्दर युवतीको तस्बिर भएको प्रोफाइल देखेपछि ती व्यापारीले युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाए ।

गत वैशाख ती युवती फेसबुकमा जोडिन्छिन् । सुरुमा दुईबीच सामान्य कुराकानी हुन्छ । पछि दुई जनाबीच दैनिकजसो कुराकानी हुन थाल्छ । फेसबुकको म्यासेन्जरबाट सुरु भएको कुराकानी नम्बर आदानप्रदान भएर मोबाइल फोनमै समेत कुराकानी हुन थाल्छ ।

ती युवतीको सुमधुर आवाजबाट मन्त्रमुग्ध भएका ती व्यापारीले फोनमै माया प्रेमको कुरासमेत गर्न थाल्छन् । युवतीले आफू पोखरामा रहेको भन्दै युवकलाई पोखरा आउन भन्थिन् । तर, व्यापारी कामको व्यस्तताले पोखरा जान पाइरहेका थिएनन् ।

माया प्रेम झँगिदै गएपछि सृष्टिले ती व्यापारीसँग रकम माग गर्न थालिन् । कहिले आमा बिरामी हुनुहुन्छ त कहिले के भनेर उनले रकम माग गरिरहिन् । त्यसको बदलामा ‘फिजिकल हुने’ प्रलोभनसमेत दिने गर्थिन् ।

सुरु–सुरुमा केही रकम पठाएपछि ती व्यापारीले युवतीलाई काठमाडौँ आउन पनि भने तर युवतीले काठमाडौँ नभएर पोखरामै आउनु भन्दै कुरा टार्थिन् । युवक आफ्नै व्यापार व्यवसायमा व्यस्त भएको कारण हत्तपत्त पोखरा जान पाउँदैनथे । तर जब–जब युवक पोखरा आउने कुरा गर्थे सृष्टि कहिले कामले अन्त जानुपरेको त कहिले व्यापारकै सिलसिलामा अन्यत्र जानुपरेको भन्थिन् ।

युवतीले आफ्नो बुवाको मृत्यु भइसकेको, आमा पनि बिरामी भएको र आफूले पुर्खौली व्यापार सम्हालिरहेको बताएकी थिन् । यता व्यापारी पनि युवती साँच्चैको व्यस्त होलिन् भनेर त्यति धेरै दबाब दिन्नथे ।

‘भर्चुअल लभ’ कै आधारमा लाजिम्पाटका ती व्यापारीले सृष्टिलाई धेरै रकम पठाइसकेका थिए । आमा बिरामी भएको भनेको समयमा उपचारका लागि भन्दै ती व्यापारीले सबैभन्दा धेरै रकम पठाएका थिए । अधिकांश रकम ई–सेवामार्फत पठाउने गरेका ती व्यापारीले पटकपटक गरी कूल ६० लाख रकम सृष्टिलाई पठाइसकेका थिए ।

कहिलेकाहीँ सृष्टिले काठमाडौँ आइपुगेको भनेर सम्पर्क गर्थिन् । तर, भेट्ने आशमा बसेका ती व्यापारीलाई पछि फोन सम्पर्क नै गरेर इमरजेन्सी परेकाले फ्लाइटबाटै फर्किन लागेको वा फर्कन परेको बताउँथिन् । ती व्यापारी पनि होला त भनेर चुपचाप बस्थे ।

भेट भएर माया साटासाट गर्ने योजनामा रहेका व्यापारीलाई पछि सृष्टिबारे शंका लाग्न थाल्यो । उनले सृष्टिलाई तत्काल भेट्न दबाब दिन थाले । तर, युवतीले आनाकानी गरेपछि उनले तत्काल भेटघाट नगरे ठगीको कसुरमा प्रहरीको साइबर ब्यूरोमा उजुरी दिने चेतावनी नै दिन्छन् ।

धेरैपटक दबाब दिँदा पनि सृष्टिले भेट्न मानिनन् । नभेट्ने भए आफूले पठाएको रकम फिर्ता गर्न दबाब दिएपछि सृष्टिले आफूले लिएको रकम बिस्तारै तिर्ने तर ुफिजिकलु हुन नसक्ने र नभेट्ने बताइन् ।

अति भएपछि ती व्यापारी सुरुमा मौखिक उजुरी लिएर प्रहरीकोमा पुगे । प्रहरीले फोन सम्पर्क गरेर युवतीलाई आफू प्रहरी बोलेको र व्यापारीसँगको विवाद के भएको हो, छलफलका लागि प्रहरी कार्यालयमा आउनु भन्छ ।

त्यसपछि मात्रै सृष्टिले ती व्यापारीलाई आफूबाट गल्ती भएको र आफूसँग अहिले रकम पनि नभएको तर बिस्तारै कमाएर तिर्ने बताउँछिन् । साथै आफ्नो नाम सृष्टि नभएको र फेसबुकमा प्रयोग गरिएको तस्बिर पनि आफ्नो नभएको बताइन् । अनि आफू युवती नभएर युवक भएको बताउँछन् ।

त्यसपछि बल्ल व्यापारी छाँगाबाट खसे झैँ भए । करिब ११ महिनादेखि युवती भनेर ‘फिजिकलु हुन लाखौँ लगानी गरेको सृष्टि पौडेल युवती नभएर एक युवक भएको पत्ता लाग्यो ।

त्यसलगत्तै ती व्यापारीले आफूलाई भ्रममा पारेर ठगी गरेको र हालसम्म ६० लाख रुपैयाँ लिइसकेको भन्दै युवतीको नाम र फोटो प्रयोग गरी आफूलाई ठगी गर्ने युवकलाई पक्राउ गरी कारबाही गर्न र ठगी भएको रकम फिर्ता गराइदिन प्रहरीकोमा लिखित उजुरी दिए ।

ठगी गर्ने युवकको मोबाइल नम्बर ९८१३६४८२७५ समेत उल्लेख गरेर उजुरी दिएपछि भोटाहिटीस्थित साइबर ब्यूरोको प्रहरीले उक्त नम्बर तत्काल ट्रयाक गर्‍यो । उक्त नम्बर पोखरामा नभएर तत्कालीन समयमा पर्वत जिल्लाको देउपुरमा चलिरहेको थाहा भयो ।

लोकेशन ट्रयाक गरेर पुगेको प्रहरीले ती युवकलाई आफ्नो घरबाटै पक्राउ परे । पक्राउ पर्ने युवक थिए, २३ वर्षीय विश्व शर्मा ।

युवतीको जस्तै आवाज थियो विश्वको

साइबर ब्युरोको प्रहरीले पर्वत पुगेर युवकलाई पक्राउ गरेपछि थाहा भयो, युवकको आवाज युवकको जस्तो भन्दा पनि युवतीको जस्तो थियो । शारीरिक बनोट सबै युवकको भए पनि आवाज भने युवतीको जस्तै थियो ।

Bishow Sharma 01

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

७ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

८ घण्टा अगाडि

सुरुमा मोबाइलमा भ्वाइस चेञ्जर राखेको युवतीको आवाज निकालेको हो कि भन्ने अनुमान प्रहरीको थियो । तर जब विश्व पक्राउ परे, त्यसपछि थाहा भयो कि उनको आवाज सानैदेखि महिलाको जस्तो थियो । महिलाको नाममा फेसबुक, महिलाकै तस्बिर र महिलाकै आवाज निकाल्ने भएकाले मोबाइलमा कुराकानी गर्ने सबैजना झुकिन्थे । महिलाकै आवाज नै विश्वको ठगी गर्ने सहज बाटो थियो ।

आफ्नै सहपाठीको तस्बिर प्रयोग गर्थे विश्व

पर्वतका विश्व शर्मा नर्सरीदेखि कक्षा ७ सम्म बोर्डिङ स्कुलमा होस्टलमा बसेर अध्ययन गरेका थिए । पोखरामा रहेर अध्ययन गरेका विश्व कक्षा ८ देखि भने भविष्यमा छात्रवृत्तिमा पढ्न पाइने भन्दै सरकारी विद्यालयमा भर्ना भएका थिए ।

पोखराकै बाराही उच्च माविमा अध्ययन गर्ने विश्व शर्मा र सोही विद्यालयमा अध्ययन गर्ने सूचना शर्माबीच विवाद भयो । विश्वले आपत्तिजनक शब्द र हर्कत गरेको भन्दै सूचनाले उक्त कुरा विद्यालयका शिक्षक लगायतलाई कम्प्लेन गरिन् । कम्प्लेनलगत्तै विश्वले शिक्षकको हातबाट कुटाइ खाए ।

सूचनाकै कारण आफूले कुटाई खाएको भन्दै विश्वलाई सूचनामाथि रिस उठ्यो । त्यसपछि सूचनासँग बदला लिने सोच विश्वले बनाए, सृष्टि पौडेलको नामको फेसबुक प्रोफाइल बनाए र सूचनाकै तस्बिर राखे । अनि सृष्टिकै नामबाट फेसबुक चलाएर विभिन्न पुरुषहरूसँग ‘फिजिकलु हुने भन्दै रकम असुल गर्न थाले ।

आफ्नो तस्बिर दुरुपयोग गरेको भनेर सूचनाले प्रहरीमा उजुरीसमेत गरेकी थिइन् । आफ्नो नाम र तस्बिर दुरुपयोग गरी ठगी गरेको भनेर सूचनाले विश्वविरुद्ध उजुरी गरेपछि प्रहरीले करिब ४ वर्ष अगाडि नै विश्वलाई पक्राउ गरेको थियो ।

हाल प्रहरी हिरासतमा रहेका विश्वले सूचनाकै उजुरीका आधारमा करिब ४ वर्षअगाडि आफूलाई चितवन प्रहरीले पक्राउ गरी ठगीको मुद्दा चलाएको बताए । ६० हजार ठगी भएको भए पनि १ लाख ६० हजार तिर्नुपर्ने भएपछि रकम नभएर आफू ८ महिना कारागारमा बसेको बताए ।

आफ्नो तस्बिर प्रयोग भएकाबारे सूचना भन्छिन्, म ६ वर्षदेखि पीडित थिएँ’

साइबर ब्युरोको टोलीले विश्वलाई पक्राउ गरी सार्वजनिक गरे लगत्तै पीडित सूचना शर्माले अपराधीलाई हदैसम्मको कारबाही माग गरेकी छिन् । विश्वकै कारण आफू विगत ६ वर्षदेखि मानसिक समस्यामा परेको भन्दै अपराधी पक्राउ परेकामा खुसी व्यक्त गरेकी छिन् ।

आफूले प्रहरीमा पहिले नै खबर गरेको भए पनि प्रहरीले विश्वलाई पक्राउ नगरेको कारण आफूले बारम्बार समस्या भोगेको बताएकी छिन् ।

सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफूलाई विभिन्न व्यक्तिले सम्पर्क गरी पैसा फिर्ता माग्ने गरेको तर आफूले कहिल्यै उनीहरूसँग रकम नलिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘यतिका समयसम्म म मानसिक समस्यामा परिरहे, बाहिर एक्लै हिँड्दा कहिल्यै ढुक्क मन बनाएर हिँड्न सकिन । धेरै मानिसले फेसबुकमा मलाई मेसेज गरेर पैसा फिर्ता देऊ भन्नुहुन्थ्यो, म कतिलाई सम्झाएर सकौँ, उक्त आइडी सञ्चालन गर्ने व्यक्ति म होइन भनेर ।’

Suchana Sharma Status

विश्वले आफ्नो तस्बिरको दुरुपयोग गर्दै आफ्नो बारेमा नकारात्मक छाप छाडेको समेत सूचनाले बताएकी छिन् । आफ्नी जीवित आमाको मृत्यु भएको भनी रकम असुल गर्ने, ठगी गर्ने लगायतका काम गरेको भन्दै उनलाई हदैसम्मको कारबाही गर्नसमेत सूचनाले माग गरेकी छिन् ।

ठगीको रकमले सुविधा सम्पन्न रिसोर्टमा बस्थे विश्व

सृष्टि पौडेलको नाममा ठगी गर्ने विश्व शर्मा ठगीको रकमबाट विभिन्न सुविधा सम्पन्न होटल तथा रिसोर्टमा बस्ने गरेको पाइएको छ । साइबार ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार विश्वले ठगी गरेको रकममध्ये अधिकांश रकम सुन्दरीजलमा रहेको ‘काठमाडौँ ट्राउट एण्ड वाइल्ड भ्यू रिसोर्ट’मा गएर मोजमस्तीमा खर्च गर्ने गरेको पाइएको छ ।

डिलक्स तथा सुपर डिलक्स रुम, स्वीमीङ पुल, बार लगायतका धेरै सुविधा रहेको उक्त रिसोर्टमा लामो समय बसेर उनले ठगी गरेको रकम सकाउने गरेका थिए । रिसोर्टकै वेटर लगायतका केही कर्मचारीलाई मोबाइल लगायतका गिफ्टसमेत दिएको पाइएको प्रहरीले बताएको छ ।

Kathmandu Trout

लामो समयसम्म रिसोर्टमा बस्ने गरेका विश्वले एकैपटकमा ४ लाख रुपैयाँसम्म बुझाएको पाइएको इन्स्पेक्टर खड्गीले बताए । रिसोर्टसँग पनि त्यस सम्बन्धमा सोधपुछ भइरहेको इन्स्पेक्टर खड्गीले रातोपाटीलाई बताए ।

प्रहरी भन्छ ‘पीडितको सङ्ख्या धेरै हुनसक्छ’

युवतीको नामबाट ठगी गर्ने विश्व शर्माको सम्बन्धमा अनुसन्धान गरिरहेका साइबर ब्युरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार विश्वबाट ठगीमा परेका पीडितहरूको सङ्ख्या अझै बढ्न सक्ने बताउँछन् । खड्गी भन्छन्, ‘हालसम्म ४ जना व्यक्ति ठगीमा परिसकेको जानकारी आएको छ । यद्यपि अहिलेसम्म उजुरी भने एक जनाको मात्रै आएको हो । उजुरी आएका व्यक्तिबाहेक एक जनाबाट अर्को २ लाख ५० हजार, अर्को एक जनाबाट २४ हजार र अर्को एक जनाबाट १५ हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । पहिले पनि ठगीकै कसुरमा चितवनमा पक्राउ परेको भन्ने सूचना आएको छ, त्यस सम्बन्धमा पनि हामी अनुसन्धान गरिरहेका छौँ ।’

नचिनेको व्यक्तिसँग कुराकानी नगर्न आग्रह गर्छौ : एसएसपी अर्याल

नेपाल प्रहरी अन्तरगत साइबार ब्युरोका प्रमुख एसएसपी नवीन्द अर्याल चिनजान नभएको व्यक्तिसँग कुराकानी र आर्थिक कारोबार नगर्न आग्रह गर्छन् । अनेक प्रकारका ‘फिसिङ’ गरेर मानिसलाई ठगी गर्ने गरेको पाइएको भन्दै नभेटेको नचिनेका व्यक्तिहरूलाई फेसबुकमा साथी नबनाउन र कुराकानी वा आर्थिक कारोबार नगर्न आग्रह गर्छन् ।

एसएसपी अर्याल भन्छन्, ‘कहिल्यै नचिनेको नभेटेको व्यक्तिलाई ६० लाखसम्म पठाउनु भनेको ठूलो मूर्खता हो । फोनमा महिलाको आवाज सुन्ने बित्तिकै त्यति धेरै रकम पठाउने व्यक्ति त मूर्ख नै भइहाले, यद्यपि ठगी गर्नेलाई कारबाही त हुन्छ नै ।’

एसएसपी अर्याल भन्छन्, ‘अहिले फेसबुक, भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने, ह्वाट्सएप लगायतबाट फिसिङ गरी सेक्स ट्रयापमा पार्ने लगायतका अपराधहरू भइरहेका छन् । त्यसको नियन्त्रण गर्ने भनेको प्रयोगकर्ता आफैँ सजग भएर हो । त्यसकारण नचिनेको व्यक्तिसँग कुराकानी गर्नु, आर्थिक कारोबार गर्नु भनेको त्यो ट्रयाप पनि हुनसक्छ भनेर बुझ्नुपर्‍यो । त्यसबाट सजग हुनुपर्‍यो । आफू ठगिइसकेपछि प्रहरीको उजुरी आउँदा आर्थिक, सामाजिक र मानसिकरुपमा बेहोरोको क्षतिको भर्पाई नहुन पनि सक्छ ।’ राताेपाटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक