शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रुकुमपूर्व । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीको हत्यामा संलग्न दुई बालिका रहेको खुल्न आएको प्रहरीले जनाएको छ । यही चैत २१ गते मङ्गलबार दिउँसो सिस्नो टिप्न भनी घरबाट निस्किएका दिदीबहिनी १० वर्षीया रिना र ८ वर्षीय कालीमाया बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जङ्गलको भीरमा मृत भेटिएका थिए ।

त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई बालिकालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको दुई बालिकालाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्मको अनुसन्धानबाट मृतक दुई बालिकासँग रहेको सुनका गहना लिनका लागि दुई बालिकाले उनीहरूमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको हुन सक्ने प्रहरीको अनुमान छ । दुई बालिकालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा सुन लुकाएको बताएका थिए ।

“दुई बालिकाले सुन लुकाएको ठाउँमा खोजतलास गर्दा सोही ठाउँमै सुन भेटियो” डिएसपी श्रेष्ठले भन्नुभयो–“उक्त ठाउँबाट अनुमानित एक ताेला सुन बरामद गरिएको हो ।” अहिले दुई बालिकालाई अदालतमा पेस गरी घटनाको अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ । “यस घटनामा अरूको पनि संलग्नता हुन सक्छ” श्रेष्ठले भन्नुभयो –“हामी विभिन्न पाटोबाट घटनाको अनुसन्धान गरिरहेका छौँ ।”

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

२ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक