काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको स्पष्ट पारेका छन् ।
आज चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर जेलमा पठाउने ल्याकत रास्वापामा रहेको उनले जनाएका हुन् ।
उनले भने,‘हामीले विधि बनाएका छौं । अरु दलमा जस्तो भ्रटाचारीलाई बचाउने र पूजा गर्ने चलन हाम्रो दलमा छैन । कोही भ्रष्टाचारमा लागेको रहेछ भने जनताको माझमा कठालो समातेर खोरमा पठाउने ल्याकत हाम्रो पार्टीले राखेको छ ।’ चुनावको मुखलाई पारेर यस्ता काण्डहरु आउनुका पछाडि कारणहरु रहेको उनले बताए ।
अदालत र निर्वाचन आयोगबाट पनि नसकेपछि नयाँ काण्ड ल्याएको उनले जनाए । अरु केही काण्ड भए चुनावको अघिल्लो दिनसम्म ल्याएउन पनि उनले आग्रह गरे ।