बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home अन्तर्वार्ता

नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्षसित भलाकुसारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्षसित भलाकुसारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो क्षेत्रमा लागेर अझै धेरै काम गर्न बाँकी छ
नेपाली पत्रकारिता अझ विशेषतः सुदूरपश्चिम क्षेत्रमा चक्रबहादुर कुँवर सुपरिचित नाम हो । विगत करिव डेढ दशकदेखि व्यवसायिकरुपमा नै यस क्षेत्रप्रति समर्पित उहाँसँग थुप्रै छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ । रेडियोमा मार्केटरदेखि, संवाददाता, समाचारवाचक, कार्यक्रम प्रस्तोता अनि अध्यक्ष-प्रबन्ध निर्देशक तथा सञ्चारगृह सञ्चालकसम्म भइसक्नुभएको छ । सुदूरपश्चिमको छापा तथा विद्युतीय सञ्चारमाध्यमको विकास, सवद्र्धन र प्रवद्र्धनमा ठूलो योगदान छ । प्रस्तुत छ– हाल नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्ष समेत रहनुभएका कुवँरसँग गरिएको संवादः
पत्रकारिता क्षेत्रमा प्रवेश कसरी भयो ?
यो मेरो सानैदेखिको सोख र चासोको क्षेत्र हो । विद्यालयमा अध्ययन गर्दाबाटै म रेडियो नियमित सुन्ने गर्दथें । श्रोतासँग जोडिने कार्यक्रममा रेडियोका सञ्चारकर्मीसँग सम्पर्कमा रहन्थे । ७-८ कक्षा अध्ययन गर्दाबाटै दिपायलबाट प्रसारण हुने रेडियो नेपालको क्षेत्रीय प्रसारण, ग्रामीण भेगमा प्रसारण हुने (पश्चिम), एफएम लगायतसँग सम्पर्कमा रहने, प्रसारित कार्यक्रम नियमित सुन्ने गर्दथें । विद्यालय स्तरको पढाई सकिँदासम्म यो क्रम जारी रह्यो । २०६५ सालमा एसएलसी पास भएँ त्यसबीचमा नै म सञ्चारमाध्यम मुख्यतः स्थानीय रेडियो र एफएम सेवाप्रदायक संस्थासँग नजिक भएँ ।
अहिलेसम्म कुन–कुन सञ्चार माध्यममा काम गर्नुभयो ?
सुरुमा म उच्च शिक्षा अध्ययन थाल्दै गर्दा जिल्ला सदरमुकाम सिलगढीमा रहेको ‘त्रिवेणी एफएम’ का साथीहरूको सम्पर्कबाट मार्केटिङ तथा रिपोर्टिङ गर्न थालें । त्यसको छ महिनापछि समाचारवाचक-कार्यक्रम प्रस्तोता भएर काम गरें । यो क्रम एक वर्षजति चल्यो । मद्वारा सञ्चालित साप्ताहिक कार्यक्रम ‘सन्देश घरसम्म’ निकै लोकप्रिय बन्यो । अनि कार्यक्रम प्रस्तोताकै रूपमा ‘साथीसँग मनका कुरा’, ‘पश्चिमका भाषा’ (डोटेली भाषामा), ‘नौगेडी’ (डोटेली भाषामा), ‘भञ्ज्याङ चौतारी’ (नेपाली भाषामा), ‘त्रिवेणी डबली’ (नेपाली भाषामा) लगायत सञ्चालन गरें । मार्केटिङ देखि सञ्चालक समितिको कोषाध्यक्षसम्मका विभिन्न पद र जिम्मेवारीमा रही सो एफएममा मैले झण्डै चार वर्ष काम गरें । २०७२ बाट ‘फारवेस्ट मिडिया प्रा. लि.’ को तर्फबाट म आफू अध्यक्ष÷प्रबन्ध निर्देशक रहेर जिल्लामा नयाँ ‘रेडियो डोटी’ सञ्चालन गरें । पछिल्लो चरणमा म ‘सम्राई मिडिया प्रा. लि.’ को सञ्चालक र नेपाल पत्रकार महासंघ डोटी शाखाको कोषाध्यक्ष पनि छु । अर्कातर्फ चाहे त्यो छापा सञ्चारमाध्यम होस् या विद्युतीय, केन्द्रका धेरै सञ्चारमाध्यममा पनि आबद्ध भएर थप अनुभव बटुलिरहेको छु । म रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलको उद्घोषक÷कार्यक्रम प्रस्तोता, राष्ट्रिय समाचार समितिको डोटी संवाददाता, माउण्टेन टेलिभिजनको जिल्ला संवाददाता, नेपाली रेडियो नेटवर्कको जिल्ला संवाददाता आदि भइसकेको छु । कतिमा निरन्तरता दिइहेको छु ।
अहिलेको नेपाली पत्रकारिताको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
नेपाली पत्रकारिता क्षेत्रको अहिलेको अवस्था ठिकठिकै छ । भन्नुको तात्पर्य के हो यसमा देखिएका तमाम विकृति हटाउन सकियो भने चाहिँ निकै राम्रो हुन सक्दछ । अहिले यो क्षेत्रमा जे जस्ता विकृतिहरु सतहमा आएका छन्, त्यसले मन चाहिँ अमिलो बनाउँछ । यसलाई तत्काल सुधार गर्नु आवश्यक छ । प्रेस काउन्सिल नेपाल, सूचना विभाग, पत्रकार महासंघ र विभिन्न दलीय संघसंगठनहरुले यो क्षेत्रको सुद्धताको लागि हातेमालो गर्न आवश्यक छ । पत्रकारिताका न्यूनतम मुल्यलाई आत्मसाथ गर्न सकियो भने पत्रकारिता क्षेत्रका धेरै समस्या निराकरण हुन सक्दछ । यति हुँदा हुँदै पनि नेपाली पत्रकारिता क्षेत्रले नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । यसमा कार्यरत जनशक्तिलाई थप बलियो बनाउन आवश्यक तालिम दिने, समयानुकूल नीति निर्माण गर्ने र उनीहरुको पेसागत सुरक्षाका निम्ति केही काम गर्न सकियो भने झनै राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
हाम्रो पत्रकारिताको राम्रा र नराम्रा पक्षहरू के–के हुन् ?
हाम्रा पत्रकारिताका धेरै सुन्दर पक्षहरु पनि छन् । नराम्रा पक्षहरु अलि बढी छन् कि जस्तो लाग्छ । राम्रो पक्ष भनेको नेपाली पत्रकारिताले लोकतन्त्रको पक्षमा सिर्जना गरेको सकारात्मक माहौल छ । वास्तावमा भन्ने हो भने लोकतन्त्रमा मात्रै मिडिया बलियो हुन्छ र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन सक्दछ । लोकतन्त्रको सबलताका लागि नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिका राम्रो कुरा हो । त्यससँगसंगै हाम्रो पत्रकारितामा विकृती जूनस्तरमा बढेको छ त्यो नराम्रो पक्ष हो । पत्रकारितामा साँच्चै राम्रा काम गर्नेलाई हामीले सम्मानित गर्न सकेका छैनौं, नराम्रा काम गर्नेलाई दण्ड गर्न सकिरहेका छैनौं ।
नराम्रा पक्षहरूको निराकरण कसरी गर्न सकिएला ?
पत्रकारितामा मौलाएको नराम्रा पक्षहरुको निराकरण गर्न हामी वास्तविक पत्रकारहरु एक हुन आवश्यक छ । हाम्रो हित प्रवद्र्धनमा खुलेका संघसंस्थाहरुले पनि पत्रकारिताको विकृति हटाउन काम गर्नुपर्ने अवस्था छ । नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभागजस्ता नियमनकारी निकायले नेपाली पत्रकारिता क्षेत्रमा भएको फोहोर सफा गर्न आवश्यक भूमिका खेल्नु पर्दछ ।
यसतर्फ सम्वन्धित निकायको कत्तिको ध्यान पुगेको पाउनुभएको छ ?
यस क्षेत्रमा भएको विकृति हटाउन सम्बन्धित पक्षले दतरुकताका साथ काम गर्नुपर्ने हो । तर जति हुनु पर्ने हो त्यसरी भइरहेको छैन । छिटपुट रुपमा पत्रकार महासंघको सदस्यता सुद्धिकरणको विषय बहसमा आउने गरेको भएपनि त्यसमा सामान्य सुधारका काम समेत हुन सकेको छैन । प्रेस काउन्सिल, सूचना विभाग र पत्रकार महासंघले एकीकृत रुपमा पत्रकारिता भित्रका विकृति हटाउन नसक्नु दुखद् कुरा हो ।
तपाईं आफ्नै नजरमा कति सफल, कति असफल ?
सफल र असफल भन्ने कुरा आफ्नो सोच र चाहनामा भर पर्दछ । मैले यो पेसामा लागेर अहिलेसम्म जे जस्ता अवसरहरु प्राप्त गरेको छु, पत्रकारितामार्फत् मैले समाजमा जे जस्ता काम गरेको छु, जे जस्ता पुरस्कार र सम्मान प्राप्त गरेको छु त्यसले म सफल छु भन्ने लाग्छ । स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका धेरै सम्मान, नगद पुरस्कार तथा अवार्ड सहित अभिनन्दित भएको छु । पछिल्लो समयमा ‘सर्वोत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’को रूपमा ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०२१’ र ‘नेशनल क्यापिटल अवार्ड–२०२१’ पाएँ । ‘सर्वोत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता’कै हैसियतमा ‘थर्ड बोस्टर इन्टरटेनमेन्ट अवार्ड–२०२१’ बाट सम्मानित भएँ । यी तमाम कारणले म यस क्षेत्रमा सफल छु भन्ने लाग्दछ । तर, यो क्षेत्रमा मैले अझै धेरै काम गर्न बाँकी छ ।
पत्रकारिताप्रतिको सैद्धान्तिक अध्ययन–प्रशिक्षणचाहिँ कस्तो छ नि ?
मैले सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीबाट आम सञ्चार र समाजशास्त्र विषयमा स्नातक पूरा गरेको छु । पत्रकारितासम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका दर्जनौं प्रशिक्षण समेत लिएको छु । र, प्रशिक्षण दिएको, दिइरहेको पनि छु ।
यस क्षेत्रको भविश्य कस्तो देख्नुभएको छ ?
पत्रकारिताको सुरुवातका दिन यसको भविश्य सोचेर यो पेसामा लागिएन । काम गर्दै जाँदा अहिले डेढ दशक भयो यही पेसाबाट म, मेरो परिवारको जीवन चलेको छ । सामाजिक प्र्तिष्ठा, महत्वपूर्ण सम्मान यही पेसाबाट प्राप्त भएको छ । यो पेसामा अहिले विद्यमान विकृति हटाउने हो भने पत्रकारिताको भविश्य नराम्रो छैन ।
अब आउने पुस्तालाई के सल्लाह दिनुहुन्छ ?
अब आउने पुस्ताले सैद्धान्तिक र व्यवहारिक ज्ञान थोरबहुत राखेर यो पेसामा आउनु पर्दछ भन्ने सल्लाह दिन चाहन्छु । यो पेसामा लामो समय काम गर्ने धैर्य हुनुपर्दछ । नआत्तिकन काम गर्न र अध्ययनशील हुन पनि जरुरी छ । अरु त पेसामा आएपछि सिक्दै जाने कुरा न हो । भनिन्छ नि, पत्रकारिता पेसा सधैं नयाँ हो र यसमा जति लामो समय काम गरेपछि सिक्न बाँकी नै रहन्छ ।

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

११ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक