बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मदिराको किनबेचमा कडाइ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

यही चैत २७ देखि सुरु भइ वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुलारुपमा मदिराका कारण आपराधिक घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, ‘खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने छ।’

जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरे। जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरे।

त्यसैगरी मध्यपुरथिमी नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमी नगरपालिका क्षेत्रभित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ।

मध्यपुरथिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको जानकारी दिए। जात्रालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुनेसमेत बताए। रासस

यो पनि पढ्नुहोस्

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

२ हप्ता अगाडि
कागतिहार मनाइँदै

कागतिहार मनाइँदै

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक