काठमाडौँ – गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरु विरोधमा उत्रिएका छन्।
शुक्रबार काठमाडौँ महानगरपालिकाले गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर विरोधमा उत्रिएका हुन्।
उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाबिरुद्ध नाराबाजी गरेका थिए। महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीतिअनुसार अघि बढेको छ।
महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौँका बाटोमा रहेका पार्किङ खालि गराउँदै आएको थियो।