काठमाडाैं । सभामुख देवराज घिमिरेले समाजलाई आर्थिक र सामाजिक विकास गरेर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन्।
शनिबार काठमाडौंमा लायन्स क्लबको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताए। सभामुख घिमिरेले भने, ‘अहिले हामी ठूलो राजनीतिक परिवर्तन गरेर महत्त्वपूर्ण घडीमा आइरहेका छौँ।
अनेकौँ चुनौतीहरूको सामना गरिरहेका छौँ। यतिबेला हाम्रो समाजले हाम्रो प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताज्यूहरूले कुर्सीको लागि होडबाजी मात्रै गरेका हुन् कि भन्ने प्रश्न खडा हुन थालेको छ।’ उनले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए।