बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

सबै पालिकामा पुगेन बैंक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सबै पालिकामा पुगेन बैंक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने र आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन भन्दै नेपाल राष्ट्र बैङ्कले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।

वित्तीय प्रणाली प्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न यसको महत्त्व रहेको भन्दै मार्गदर्शन ल्याइएको हो । वित्तीय स्थायित्वको आधारशिला वित्तीय साक्षरता भएको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक वित्तीय प्रणालीमा समेट्नुका साथै सामान्य वित्तीय जानकारी भएका व्यक्तिलाई नयाँ वित्तीय अवधारणाको जानकारी गराउन मार्गदर्शन ल्याइएको हो ।

वित्तीय साक्षरताको अभियानमा राष्ट्र बैङ्कका साथै इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको समेत भूमिका वृद्धि गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरी बैङ्कले वित्तीय साक्षरता अभिवृद्धि गर्न समयसमयमा विभिन्न निर्देशन जारी गर्दै आइरहेको छ ।

यद्यपि विभिन्न संस्थाका छरिएका कार्यक्रमबाट वित्तीय साक्षरता प्रवद्र्धन अभियानले अपेक्षित गति लिन नसकेको हुँदा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र समन्वयात्मक ढङ्गले एकीकृत रूपमा अघि बढाउन वित्तीय साक्षरता ढाँचा २०७९ जारी भएको सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरूका गतिविधि सोही ढाँचाअनुरूप नियमित र व्यवस्थित बनाउने उद्देश्यले यो वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले अब वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत युवालक्षित कार्यक्रम र डिजिटल बैङ्किङ सेवा पनि समावेश गर्नुपर्ने भएको छ । मार्गदर्शनमा बैङ्क तथा वित्तीय संस्थाले वित्तीय सेवामा युवालक्षित कार्यक्रम र विद्युतीय वित्तीय सेवा पनि समावेश गर्न पाउने व्यवस्था गरिएको हो ।

मार्गदर्शनको उद्देश्यमा लक्षित वर्गकेन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्ने तथा वित्तीय साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने रहेको छ ।

बैङ्किङ पहुँचदेखि वित्तीय साक्षरतामा सरकार र नियामक निकायले समेत अभियान चलाइरहँदा सुदूरपश्चिम प्रदेश बझाङको साइपाल गाउँपालिकाका स्थानीय बासिन्दा भने बैङ्किङ सेवा उपभोगका लागि तीन दिन हिँडेर सदरमु्काम पुग्नुपर्छ ।

वाणिज्य बैङ्क र तिनका शाखा सञ्जालको देशभर बढोत्तरी भइरहँदा यो क्षेत्रका स्थानीयका हकमा बैङ्किङ सेवा आकाशको फलजस्तै बनेको छ ।

सो क्षेत्रका बासिन्दा अहिले पनि बैङ्किङ सेवा उपभोगका लागि तीन दिन लगाएर सदरमुकाम पुग्छन् । बैङ्किङ सेवाकै लागि गाउँपालिकाको सम्पर्क कार्यालयसमेत सदरमुकाममा खोल्नु परेको बाध्यता साइपाल गाउँपालिकाको छ ।

यतिबेला ७५३ पालिकामध्ये ७५२ पालिकामा विभिन्न वाणिज्य बैङ्कका शाखा खुलिसकेका छन् । गोरखापत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

३ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक