काठमाडौं । सांसद सुमना श्रेष्ठले सुगौली सन्धिको अभिलेख कता छ भन्दै सरकारसँग जवाफ मागेकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा अभिलेख संरक्षक पहिलो संशोधन विधेयकको सैद्धान्तिक विषयमाथि बोल्दै सांसद श्रेष्ठले उक्त प्रश्न गरेकी हुन्।
उनले भनिन्, ‘सुगौली सन्धिको एक प्रति ब्रिटिश आर्काइभमा छ। हाम्रो कपी खोई? राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न अनुमति दिएको पत्र छ भनेर सुनिन्छ?त्यो पत्र खोई?’
सांसद श्रेष्ठले अभिलेख कसले राख्ने भन्ने कुरामा प्रस्ट हुनु पर्ने बताइन्। २५ वर्ष पुराना अभिलेख हस्तान्तरण, अन्तर्राष्ट्रिय अभिलेख राख्नु पर्ने, कुन कागजपत्र कहिलेसम्म सार्वजनिक गर्न मिल्ने हो? भौतिक र जनशक्ति के कस्तो छ? आदि विषयमा स्पष्ट पार्न आग्रह गरिन्। उनले अभिलेख अभावका कारण कसैको अन्तवार्ताका आधार र स्मरण शक्तिका आधारमा बोल्ने गरेको समेत बताइन्।