आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सञ्चारमाध्यमहरु भजनमण्डली बन्नुहुँदैन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

शीर्षपंक्तिका शब्दहरु सञ्चारमन्त्री रेखा शर्माका हुन् । एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चारमाध्यमहरु सत्ताको भजनमण्डली बन्न नहुने जिकिर गर्दै यस क्षेत्रसम्बन्धी ऐन निर्माणका लागि संसदमा पेस गरिएको जानकारी दिइन् । पछिल्लो समय नेपालमा सञ्चारक्षेत्रको वृद्धि हुँदै गर्दा यसमा देखिएको विकृतिका कारण पनि मन्त्री शर्माको यो भनाइ महत्वपूर्ण मान्न सकिन्छ । प्रेस जगत्बाट स्तुति चाहने राजनीतिक दलहरु र स्तुतिमै रमाउने प्रेस जगत्को पछिल्लो अवस्थामा मन्त्री शर्माको मन्त्रीलाई राम्रो मान्न सकिन्छ । साथै, यस क्षेत्रमा देखिएको विकृति विसंगतिलाई हटाएर कसरी देश र जनताप्रति अझ उत्तरदायी प्रेस जगत् खडा गर्न सकिन्छ भन्ने मन्थन पनि जरुरी रहेको संकेत गर्छ ।
नेपालको इतिहासमा व्यवस्था परिवर्तनका लागि भएका धेरैजसो आन्दोलन र क्रान्तिमा सञ्चारमाध्यमको स्थान उच्च छ । राणाशासनकाल अन्त्य गरी प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत अन्त्य, बहुदल, लोकतन्त्र र गणतन्त्र स्थापनमा प्रेस जगत्ले जहिल्यै पनि महत्वपूर्ण हिस्साको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । अझ भनौं, सञ्चारमाध्यमले तत्कालीन शासक र व्यवस्थाविरुद्ध निर्भीक भएर जनताको आवाजलाई मुखरित गर्न कुनै कसरत बाँकी छोडेको छैन । त्यही कारणले पनि इतिहासको कसीमा नेपाली सञ्चारमाध्यमको सधैं प्रशंसा नै हुँदै आएको छ । सञ्चारमाध्यमले पछिल्लो समय लोकतन्त्र र गणतन्त्र स्थापनाका क्रममा तत्कालीन शासक वर्गबाट ठूलो चुनौती खेप्नुपरेको थियो । प्रकाशन÷प्रसारणका शासक वर्गको हस्तक्षेप थियो, पत्रकार असुरक्षित थिए । तर यस्तो कठिन अवस्थामा पनि प्रेस जगत्ले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको थियो ।
देशमा लोकतन्त्र गणतन्त्रको स्थापनासँगै स्थिति सहज बनेको छ । तर, प्रेस जगत्लाई पनि आफ्नो निष्पक्ष र निर्भीक चरित्रलाई जोगाउन पनि उत्तिकै कठिन बन्दै गएको छ । अभिव्यक्ति स्वतन्त्रतामा केही सहजताका कारण सञ्चारमाध्यमहरुको संख्यामा बढोत्तरी त भएको छ, तर तिनीहरु पक्षधरतामा बाँडिँदा निष्पक्ष सञ्चारको अभ्यासमा चुनौती थपिएको छ । अहिले पत्रपत्रिका, रेडियो, टिभी, पत्रपत्रिकासँगै अनलाइनको प्रभाव पनि बढ्दै गएको छ । तर, तत्तत् संस्थासँग आबद्ध सञ्चालक, पत्रकार, कर्मचारी आदिको भूमिका भने सन्देहास्पद हुँदै जाँदा माथि मन्त्री शर्माले भनेजस्तै भजनमण्डलीको समूह बन्ने खतरा पनि बढेको छ ।
हुन त पछिल्लो समय सञ्चारमाध्यममा आएको विषय र समाचारको विषयमा पाठक वर्गले पनि प्रश्न उठाउँदै आएका छन् । यसले पाठक वर्ग यसक्षेत्र प्रति सचेत बन्दै गएको स्पष्ट हुन्छ । अर्कोतर्फ राजनीतिक दलहरुले पनि आफ्नो विरोध गर्ने सञ्चारमाध्यमको उछितो काढ्ने र आफ्नो बारेमा राम्रो लेख्नेको प्रशंसा गर्ने प्रवृत्ति बढेको छ । सञ्चारमाध्यम पनि निश्चित नेता, व्यापारीप्रति अनुग्रहित हुँदै उनीहरुको नै स्तुति गाउने र उनीहरुको गल्ती नै नदेख्ने विकृति बढ्दै गएको छ । सोही कारण सञ्चारमाध्यम र पत्रकारप्रति जनमानसमा आकर्षण पनि कम हुँदै गएको छ । कुनै पनि देशको लोकतान्त्रिका अवस्था बलियो बनाउन र समृद्धिलाई अघि बढाउन प्रेस जगत्को भूमिका महत्वपूर्ण हुन्छ । प्रेसलाई सधैं सत्ताको विपक्ष भन्ने पनि गरिन्छ । त्यसैले प्रेस जगत्लाई निष्पक्ष र निर्भीक बनाउन सत्ता, राजनीतिक दल र सरोकारवाला सबै निकायको पहलकदमी आवश्यक छ , आगे सबैलाई चेतना भया ! जनधारणाा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४२ मिनेट अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

चक्रपथको दोस्रो खण्ड : चीनको ११ अर्ब अनुदान, असारभित्रै काम सुरु हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक