काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ बिन्दुमा पुगेको हो ।
बिहिबार नेप्सेमा कुल २६९ कम्पनीको २८ लाख ७० हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । बिहिबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बिहीबारको सेयर बजारमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-२, ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था, नदेप लघुवित्त वित्तिय संस्था, नेपाल ल्युब ओयल र कुमारी धनवृद्धि योजनाका लगानीकर्ता पनि मालामाल भएका छन् ।