सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कीर्तिपुरकाे जनसेवा मावि ७७ जिल्लाका विद्यार्थीहरुको आश्रय स्थल !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कीर्तिपुरकाे जनसेवा मावि ७७ जिल्लाका विद्यार्थीहरुको आश्रय स्थल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

देवराज महर्जन

हाल जनसेवा माविका प्रधानाध्यापक

सबैका लागि उपयोगी विद्यालय जनसेवा काठमाडौं जिल्लाको एक मात्र इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुने सामुदायिक विद्यालयको रुपमा पाँगा कीर्तिपुर वडा नं. ५ स्थित जनसेवा माविलाई लिने गरिन्थ्यो। ७७ जिल्लाकै विद्यार्थीहरुको आश्रय स्थलको रुपमा पनि सो विद्यालयलाई परिचित गर्ने काम भै आएको छ ।

विगतमा पूर्वतिरका जिल्लाका विद्यार्थीहरु ओइरिने सो विद्यालयमा आजभोलि पश्चिमतिरका जिल्लाका विद्यार्थीहरु बढी रहेका छन्। सोही विद्यालयका प्रधानाध्यापक देवराज महर्जनसँगको अन्तर्वार्ता यस अंकमा प्रस्तुत गरिएको छ।–स. प्रश्न–हजुर सर, नमस्कार कस्तो छ? प्रअ– नमस्ते आराम छु। विद्यालयलाई पनि सञ्चै छ। प्रश्न–यहाँको मतलब अहिले कुनै चिन्ता छैन? प्रअ– चिन्ता त स्वभाविकै हो ।

विद्यालयको लागि सकारात्मक चिन्तन लिन्छु। प्रश्न–भन्नाले कस्तो चिन्तन हो? सर। प्रअ– मेरो मतलब विद्यालय बनाउनको लागि अहिले भौतिक रुपमा कोठाको जरुरत छ। यसको लागि योजना बन्दैछ । नयाँ विद्यालय व्यवस्थापन समितिले पक्कै यस विषयमा सोच्नुहुनेछ। प्रश्न–हैन, नमूना विद्यालयमा पनि भौतिक सुविधाको अभाव हो त? प्रअ– भौतिक सुविधाको अभाव होइन। यस विद्यालयमा भौतिक रुपमा खेलकूदका सुविधाहरू छन् । प्रयोगात्मक कार्यशाला छन्। प्रयोगशाला छन्। कक्षाकोठा ठूला छन्। सेमिनारहल छन्।

पुस्तकालय छन्। बरु के छैन भन्नुस न? प्रश्न–हुन्छ त भन्नुस न के छैन तपाइँको विद्यालयमा? प्रअ– भन्नै पर्दा स्विमिङपुल छैन। प्रश्न–अध्ययन अध्यापनको गुणस्तरीयताको सवालमा केही बताउनुहुन्छ कि? प्रअ– गुणस्तरीयता हाम्रो पहिचान हो। गुणस्तरीयताको लागि हामी प्रतिबद्ध छौं। लगनशील शिक्षक, मेहनति विद्यालय व्यवस्थापन समिति, सहयोगी सल्लाहकार र होशियारी समुदाय हामीसँग साथ भएकै कारण दिनप्रतिदिन यस विद्यालयले सवैलाई देखाउन सक्ने रुप बनाउन सकेको हो। प्रश्न– विद्यार्थी भर्नाको स्थिति के छ? प्रअ– कक्षा कोठाको अभावमा विद्यार्थी भर्ना लिन सक्ने अवस्था छैन।

झण्डै २०० जना विद्यार्थीहरुलाई टहरामा राखेर कक्षा संचालन गर्नुपर्ने अवस्था छ। नमूना विद्यालयको हालत यस मानेमा केही दुख लाग्छ। तर हामी प्रयासरत छौं। कुनै दाता आइदिएमा हाम्रो ५–६ तलाको भवन बनाएर विद्यार्थीहरूलाई सुविधायुक्त भवनमा राख्न्ने योजना छ। जे होस् झण्डै १४० जना जतिलाई हरेक वर्ष भर्ना प्रक्रियामा राखी भित्र्याउने कोशिस गरिरहेका छौं। प्रश्न– भर्ना प्रक्रिया के छ तपाइँको विद्यालयमा? प्रअ– हाम्रो विद्यालयमा भर्ना प्रक्रिया सहज छ। नयाँ भर्ना फाराम लिइसकेपछि प्रवेश परीक्षामा सहभागी भएर सफल नतिजा आउनेलाई नियमानुसार भर्ना गरिन्छ।

प्रश्न– तपार्इँको विद्यालय स्मार्ट विद्यालय हो त? प्रअ– भन्नु पर्ला । किनभने प्रविधिबाट कक्षा सञ्चालन हुन्छ। शिक्षकहरु प्रविधिमैत्री छन्। विद्यार्थीलाई इन्ट्रायक्टिभ बोर्ड, प्रोजेक्टर, अनलाइन, आदि माध्ययमबाट अडियो भिज्योल पढाइन्छ ।’ कक्षा कक्षामा साउण्ड सिस्टम्, सिसी क्यामेरा, इन्टरकम सुविधा जडित भएका छन्। प्रविधिले शिक्षण सिकाइको प्रभावकारिता बढेको छ। उत्तीर्ण प्रतिशत र कक्षामा विद्यार्थीको नियमितता बढेको छ। प्रश्न– जनसेवा स्कूल निकै परिवर्तन भैसक्यो भन्छन् नि? प्रअ– स्कुल त पक्कै पनि परिवर्तन भैक्यो। मलाई लाग्छ, विद्यालयमा पस्दा अहिले हरेकले फरक महशुस गर्छन्।

भूकम्पपछि विद्यालयको पुनःनिर्माण अनि सफा चिटिक्क व्यवस्थापन, साँच्चै भन्ने हो भने जनसेवा आगामी दिनमा हरित विद्यालय, स्वच्छ विद्यालय, शुद्ध सफा खानेपानी सुविधाको विद्यालय, मानसिक स्वास्थ्यमा ध्यान दिने विद्यालयको रुपमा परिवर्तन हुँदैछ। प्रश्न– कतिपय अभिभावकहरुले जनसेवा स्कूल प्राइभेट हो कि पनि भन्छन नि? प्रअ– होला, किनभने यसको सजावत रुप प्राइभेट भन्दा कम छैन। विद्यालयको संरचना देख्दा धेरैलाई निजी विद्यालयजस्तो लाग्छ तर हाम्रो स्कूल सामुदायिक विद्यालय नै हो । प्रश्न– इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ पनि छ रे? प्रअ– हो, नन्द मिसको पालामा २०७० देखि नै हामीकहाँ इलेक्ट्रिकल इन्जिनियरिङको पढाइ भएको हो। अहिले त इन्जिनियर नै उत्पादन हुने बेला भैसक्यो। हामीकहाँ अहिले कक्षा ९ देखि १२ सम्मै यो विषयको पढाइ निरन्तर भएको छ।

हाल हामी एक उद्यम एक विद्यालयको कार्यक्रम अन्तर्गत मर्मत सेवा केन्द्र संचालनको क्रममा छौं। प्रश्न– तपाइँको विद्यालयमा भर्ना गर्दा विद्यार्थीलाई के के सुविधा होलान्? प्रअ– पहिलो कुरा त सामुदायिक विद्यालयमा पढाउँदा अभिभावकलाई गर्वको विषय बन्छ। दोश्रो न्युनतम लगानीमा अधिकतम सुविधाहरु कक्षा ६ सम्म दैनिक दिवा खाजा, तेश्रो वर्षैभरि पाठ्यपुस्तक निःशुल्क हुने, चौंथो अंग्रेजी माध्ययमबाटै पढ्न पाउने, समय समयामा परामर्श सेवा निःशुल्क पाउने, थुप्रै छात्रवृत्तिको सुविधा उपभोग गर्न पाउने, विहानी प्रार्थनामा पुरस्कार र सम्मान पाउने, वर्षैभरि विहानी कक्षा, ट्युशन सुविधा, कोचिङकक्षा संचालनमा सहभागी हुन पाउने, शिक्षक कर्मचारी कल्याणकारी कोषबाट दिइने विभिन्न सुविधाहरु उपभोग गर्न पाउने, ल्यापटप, कम्प्युटर, लाइब्रेरीको उपभोग गर्न पाउने आदि आदि सुविधाहरु रहेका छन्।

प्रश्न– अन्तमा केही छ्ुटेका कुरा छन कि? प्रअ– छुटेका कुरा त कति छन् कति? रमाइलो र उपलब्धिमूलक अन्तर्वार्ताका लागि धन्यवाद छ। यहाँको साप्ताहिक पत्रिकाको हरदम् सफलताको कामना गर्दछु। सामुदायिक विद्यालयलाई कमजोरी नठानौं।

लगानी अनुसारको उपलब्धि दिन खोजिरहेको छ। विस्वास सवैभन्दा ठूलो कुरा हो। परिवर्तन संभव छ। सवै संधै एकै हुँदैन। मेहनति र परिश्रमीका लागि सकारात्मक परिवर्तन निरन्तरताको प्रतीक हो। त्यसैले बेलैमा सोचौं। जनसेवा सवैका लागि उपयोगी विद्यालय हो।

यो पनि पढ्नुहोस्

भिमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

४८ मिनेट अगाडि
एक साता अगाडि हराएका व्यक्ति मृत फेला

एक साता अगाडि हराएका व्यक्ति मृत फेला

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक