बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

महासंघ निर्वाचनः उमेशलाल श्रेष्ठको समूह परिवर्तन चाहने समूह हो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
महासंघ निर्वाचनः उमेशलाल श्रेष्ठको समूह परिवर्तन चाहने समूह हो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ईश्वर बराल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाअधिवेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका उमेश श्रेष्ठले आफ्नो समूह महासंघलाई रुपान्तरण गर्ने समूह रहेको दाबी गरेका छन्।

महासंघको आसन्न ५६ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहितको नयाँ समितिको चयन हुँदै छ। चैत्र २६ र २७ गते २ दिन चल्ने उक्त साधारण सभाबाट वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुँदै छन् भने वरिष्ठ उपाध्यक्ष सहित नयाँ समिति निर्वाचनमार्फत् चयन हुनेछ।

सोमबार ललितपुरमा आफ्नो समूहको उम्मेदवारी घोषणा सभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आफ्नो समूह महासंघमा परिवर्तन गर्न जाने उद्घोष गरे। महासंघको उपाध्यक्षमा श्रेष्ठको समूहमा, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, एसोशिएट तर्फको उपाध्यक्षमा भरत राज आचार्य र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्।

‘सक्षम निजी क्षेत्र, समृद्व अर्थतन्त्र’ नारा सहित उम्मेदवारी घोषणा सभा गरेको श्रेष्ठको समूहले महासंघको आसन्न नेतृत्वमा आफूहरुको जित सुनिश्चित रहेको दाबी गरेको छ।

‘यो समूहलाई उमेशलाल समूह भनिएको छ। त्यसमा मलाई खासै आपत्ति छैन तर यसलाई तपाईंहरुले उद्योग व्यवसायीको समस्या बुझ्ने, त्यसलाई सम्बोधन गर्ने, सदस्यहरूको पिडा बुझ्ने, यो परिवर्तनको समूह हो,’ श्रेष्ठले भने।

यस्तै, श्रेष्ठले आफू राजनीति गरेर जिविका चलाउन नचाहेर उद्यम गर्नलाई व्यवसाय क्षेत्रमा आएको बताएका छन्। पारिवारिक विरासत हुँदा हुँदै पनि आफूले राजनीतिलाई प्राथमिकता नराखेको श्रेष्ठले दाबी गरेका छन्। श्रेष्ठ एमालेका दिवंगत नेता पुष्पलाल श्रेष्ठ र साहाना प्रधानका छोरा हुन्।

‘पारिवारिक विरासत हुँदा–हुँदै पनि मैले राजनीति गरेर जिविका चलाउन चाहिन। राजनीति गर्ने जमर्को गरिन,’ श्रेष्ठले भने। श्रेष्ठले आफ्नो नेतृत्वको समूहले वर्तमान अवस्थामा डुब्न लागेको अर्थतन्त्र र त्यसलाई उत्थान गर्न आफ्नो समूह सकृय रहने उल्लेख गरेका छन्।

‘देशको वर्तमान आर्थिक अवस्था डुब्न लागेको टाइट्यानिक जहाज जस्तै छ। त्यसलाई पार लाउन नेतृत्वमा दाबी हो,’ श्रेष्ठले आफूहरु कार्यकारी नरहेको स्मरण गराउँदै भने, ‘यद्यपि, महासंघ कार्यकारी संस्था भने हैन। हामी लविइङ गर्ने संस्था हो। सरकारलाई दबाब बढाउने हाम्रो कर्तव्य हो।’

वर्तमान अर्थतन्त्रमा समस्यै–समस्या रहेकोले त्यसलाई चिर्न सम्पूर्ण व्यवसायीको सामूहिक धारणा हुनुपर्नेमा श्रेष्ठले जोड दिएका छन्। ०७२ को भूकम्पले ध्वस्त पारेको अर्थतन्त्रलाई नाकाबन्दीले थप मार पारेको श्रेष्ठले उल्लेख गरेका छन्। त्यसमा कोरोना थप भएको र त्यसले विश्वव्यापीरुपमा आर्थिक मन्दी पारेकोले अर्थतन्त्रमा समस्या रहेको उनले बताएका छन्।

उनले यस्तै समस्याहरु समाधान गर्न र साना र मझौला उद्योगको उत्थान गर्न आफूले उद्योग वाणिज्य महासंघको नेतृत्वमा दाबी गरेको बताएका छन्।

श्रेष्ठले महासंघलाई राजनीतिबाट टाढा राख्नु पर्ने पनि बताएका छन्। यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका अन्य उम्मेदवारलाई पनि एक भएर जानलाई आह्वान गरेका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र डा अञ्जन श्रेष्ठले पनि आफ्नो दाबी गरेका छन्।

यस्तै श्रेष्ठकै समूहबाट एसोशिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भरत राज आचार्यले उद्योग व्यवासाय गर्न विभिन्न ऐन हरु बाधक रहेकोले त्यसमा सुधार गर्न सरकारलाई घचघच्याउनेमा आफ्नो भूमिका रहने उद्घोष गरेका छन्। महासंघको विभिन्न पदमा करिब एक दशक देखि कृयाशील रहेका बताउँदै आचार्यले आफ्नो समूहलाई जिताए महासंघले उद्योगीहरुको सर्वाङ्गिण विकासमा योगदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

‘नेपालको आर्थिक परिदृश्यमा किन नेपालले फड्को मार्न सकेन भन्नेमा हामीले लामो समयबाट केही निष्कर्ष निकालेका छौं। उत्पादनमा लागत न्यूनीकरणबिना नेपालमा उद्योग सञ्चालन सहज छैन। त्यसका लागि नीतिमा परिवर्तन गर्न पदाधिकारीका रूपमा मेरो भूमिकामार्फत् महासंघबाट योगदान गरौं भनेर उम्मेदवारी दिएको छु,’ आचार्यले भने, ‘देशमा पुँजी निर्माण हुन नसक्ने अवस्था छ। त्यसमा वृद्धि गर्न र राज्यलाई घचघच्याउन महासंघको दबाब आवश्यक छ। श्रम ऐन लगायतका विषयमा नितिगत रूपमा परिवर्तन र छलफल आवश्यक छ। त्यसका लागि नयाँ नेतृत्वले काम गर्छ।’

यस्तै, महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका हेमराज ढकालले देशको आर्थिक अवस्था सुधार्न स्पष्ट चित्रसहित आफूहरु महासंघमा जान लागेको बताएका छन्।

‘वस्तुगत क्षेत्रलाई अघि बढाउन मेरो उम्मेदवारी हो। र थप शसक्त बनाउनेमा मेरो भूमिका रहन्छ। यो टिमलाई जिताएको खण्डमा सबै मिलेर देशको आर्थिक अवस्था सुधार्नमा स्पष्ट मार्ग चित्र कोरेर महासंघ अघि बढ्ने छ,’ उनले भने, ‘साना तथा मझौला उद्योग प्रवर्द्धनका लागि नयाँ नेतृत्वको योगदान रहन्छ।’

यस्तै, जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका दिनेश श्रेष्ठले आफूहरु महासंघमा पुगे मन्द रहेको अर्थतन्त्रलाई चलायमान बनाउने घोषणा गरेका छन्। मातहतका कमिटीहरुलाई पनि व्यपारीहरुको समस्या समाधान गराउनमा मजबूत बनाउने श्रेष्ठले दाबी गरेका छन्।

‘काम चाहिन्छ भने यो समूहलाई मत दिनुहोस्। तपाईंहहरुलाई आजको अर्थतन्त्र सुदृढ गर्न परे पनि यही समूहलाई मत दिनुहोस्। हाम्रो काम सरकरलाई परामर्श दिने हो, दबाब दिने हो,’ श्रेष्ठले भने, ‘हाम्रा मातहतका जिल्ला तथा नगर कमिटी सक्षम बनाउन पनि हाम्रो ध्यान रहन्छ।’

श्रेष्ठले महासंघको वर्तमान कमिटिमा उपाध्यक्ष रहेकोले आसन्न कमिटीमा पनि सोही पदमा उम्मेदवारी दिएर सेवा गर्न दोहोर्‍याएर आउन चाहेको बताएका छन्। आफ्नो दाबी वरिष्ठ उपाध्यक्षमा रहे पनि उमेशलाल श्रेष्ठलाई वरिष्ठमा अघि सारेर आफू सहयोग गर्न बसेको उल्लेख गरेका छन्।

यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज कर्णिकारले जोखिमपूर्ण अवस्थामा उमेशलाल श्रेष्ठको समूहको जित आवश्यक रहेको बताएका छन्। उम्मेदवारी घोषणा सभामा शुभकामना दिँदै कर्णिकारले उक्त कुरा बताएका हुन्।

त्यस्तै, कर्णिकारले महासंघको अर्को साधारण सभाबाट वर्तमान विधानमा भएको व्यवस्था खारेज गरेर साधारण सभाबाट अध्यक्ष चयन गर्ने व्यवस्था कायम गर्न माग गरेका छन्।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

१५ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

१५ घण्टा अगाडि

‘महासंघको संस्थागतरूपमा हाम्रो भूमिका कमजोर भइरहेको छ। त्यस्तै महासंघको नयाँ कमिटीले अध्यक्ष प्रत्यक्षरुपमा निर्वाचित हुने व्यवस्था कायम गर्न विधानलाइ ६ महिना भित्र संशोधन गरियोस्,’ कर्णिकारले भने, ‘र यस्तो जोखिमपूर्ण अवस्थामा श्रेष्ठ नेतृत्वको समूहको जित आवश्यक रहेको छ।’

नेपाल लाईभ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक