काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुल्ला हमला भइरहेको बताएका छन्।
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको दाबी गरे।
उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताए। उनले संघीयताविरोधीहरुले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै उनले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए।
उनले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताए। उनले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्ने कुरा सह्य नहुने चेतावनी दिए।