वीरगञ्ज – रौतहटमा एसइई परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार भएको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी गरूडा नगरपालिका–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो।
मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको गणित विषयको परीक्षा दिइरहेका साहलाई अनुगमन टोलीले पक्राउ गरेको रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।
उनले प्रेम लाल साह कानु भन्ने व्यक्तिको नाम रहेको प्रवेशपत्रबाट परीक्षा दिइरहेकोले पक्राउ गरिएको मगरले बताए। एसपी मगरका अनुसार पक्राउ परेका साहलाई अहिले प्रहरी हिरासतमा राखेर अनुसनधान अघि बढाइएको छ।