काठमाडौं । एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले नयाँ वर्षलाई लक्षित गर्दै ‘नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट तथा अन्य एप्लायन्स खरिद गर्दा आकर्षक नगद छुट र उपहार पाउने कम्पनीले जनाएको छ ।
ग्राहकका लागि यो योजना चैत १४ देखि सीमित अवधिसम्मका लागि देशभर लागू भएको कम्पनीले जनाएको छ । ‘योजनाअन्तर्गत टीसीएलका सामान खरिदमा ग्राहकले नगद ६१ हजार ३ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन्’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ केजी एरिएल म्याटिक वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन् ।’
त्यसैगरी एअर कन्डिसनरको खरिदमा नगद छुटका साथै ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामानको फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि रहेको छ ।
टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ । सीजी डिजिटल सोरुमहरु काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, कीर्तिपुर, रविभवन, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा छन् ।