काठमाडौँ — सन् ८० दशक सुरुआतमा विष्णुदेवी मन्दिर (नैकाप)बाट चोरिएको सातौं शताब्दीको पार्वती/लक्ष्मी प्रस्तर मूर्ति अमेरिकाको न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताको संकलनमा भेटिएको छ ।
न्यूयोर्कस्थित प्रसिद्ध कला संग्रहकर्ता रोबर्ट हटफिल्ड एल्सवर्थको संकलनमा पाइएको नेपाली सम्पदाको टाउको र दुवै हात भने चुँडिएको अवस्थामा देख्न सकिन्छ ।
नेपाली कला–सम्पदाको खोजी तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो मूर्ति चोरीकै क्रममा टुटफुट भएको र यसको खुट्टाको अंश भने मन्दिरमै रहेको छ । तर, मूर्तिको टाउको कहाँ छ भन्ने अझै थाहा हुन सकेको छैन ।