शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बलात्कारीलाई तत्काल लिंग काटेर दण्डित गर्ने कानून आवश्यक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बलात्कारीलाई तत्काल लिंग काटेर दण्डित गर्ने कानून आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण,
बलात्कार गरेर बालिकाको हत्या किन गर्छ बलात्कारीले ? पोल खुल्ने र सजाय पाउने डरले । यस्तो डर हुने अवस्थाले बलात्कारपछि हत्या स्वाभाविक बनिरहेको छ हाम्रो समाजमा । त्यसैले बलात्कार गर्ने व्यक्तिलाई जेल सजाय जस्तो दण्ड दिनुभन्दा लिंग काटेर संग्रहालयमा परिचयसहित राख्ने व्यवस्था गर्ने हो भने बलात्कारका घटनाहरु हुने थिएनन् कि ? मैले ३÷४ वर्ष पहिले पनि यो विषयमा लेखेकी थिएँ ! एउटा बलात्कारीले बालिकालाई बलात्कार गरेर हत्या गरेको घटना फेरि बाहिरिएको छ । यसैबाट पुष्टि हुन्छ कि बलात्कारपछिको हत्या प्रचलित कानूनले नै प्रोत्साहन गरेको अवस्था हो ।
सप्तरीको राजविराजमा बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय रोहितकुमार यादवले आफ्नै छिमेकी ९ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका हुन् । अदालतले उनलाई जन्मकैदको सजाय र ६ लाख रुपैयाँ जरिवाना तिराउन र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला दिएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ४१ मा जघन्य कसूरदारलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था गरिएको छ । क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरिक बन्धक लिई ज्यान मारेको, सार्वजनिकरूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसूर गरेको वा बलात्कार गरी ज्यान मारेको कसूरमा जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था छ । तर, यस्तो कैदको व्यवस्था भइरहँदा पनि बलात्कारका घटना भने कम भएका छैनन् । उल्टो झन् बढ्दै गएको प्रहरीको तथ्यांक छ । त्यसैले पनि बलात्कारका घटनामा दिइने सजाय व्यवस्थालाई अझ कडा बनाउनेतर्फ सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने पंक्तिकारको सुझाव हो ।
केहीअघि आठ वर्षअघिको बलात्कारको घटना पनि सार्वजनिक भएको थियो । एउटा सौन्दर्य प्रतियोगिताका आयोजकमध्येका एक जनाले गरेको भनिएको घटना पीडित भनिएकी युवतीले आठ वर्षपछि सार्वजनिक गरेपछि बलात्कार मुद्दामा हदम्यादबारे बहस सुरु भएको थियो । त्यसअघि १ वर्षभित्र मात्रै उजुरी गर्नुपर्ने प्रावधानका कारण धेरै पीडकहरु सजायबाट वञ्चित भइरहेका थिए भने पीडित झनै पीडित । तर पछिल्लो समय भने नाबालिग बलात्कार मुद्दामा उजुरी गर्ने हदम्याद ३ वर्षको कायम हुने भएको छ । मुलुकी अपराध संहिताको दफा २२९ को हदम्यादसम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै बलात्कार लगायतका यौनहिंसाको घटनामा हदम्याद बढाएको हो । १८ वर्षदेखि ७० वर्ष उमेर समूहमा भएको बलात्कारको घटनामा उजुरीको हदम्याद २ वर्ष कायम भएको छ । यो उमेर समूहमा पनि यसअघि १ वर्षभित्र उजुरी गर्नुपर्ने हदम्यादको व्यवस्था थियो ।
हदम्यादको विषयलाई यहाँ किन पनि उठान गरिएको हो भने हालसम्म नेपालमा पीडितले उजुरी गर्न नै निकै कठिनाइ हुँदै आएको छ । पहिलो बलात्कारपछि पीडित नै सामाजिक रुपम बहिष्कारमा पर्ने भएकाले घटनालाई बाहिर नै नल्याउने प्रवृत्ति छ । यदि घटना बाहिर आइहाले पनि त्यसलाई सामसुम बनाउन सामाजिक अगुवा, जनप्रतिनिधि, ठूलाबडा भनिएका व्यक्ति नै लाग्ने चलन छ । यो क्रममा पीडितलाई मिल्नका लागि दबाब, धम्की तथा प्रलोभन दिइने गरिन्छ । त्यतिबाट पनि सम्भव नभएपछि बल्ल यस्ता घटना प्रहरीकोमा पुग्ने गर्छ । यो त पीडित जीवित छ भन्ने अवस्थामा मात्र हो । धेरै जसो घटनामा त बलात्कारीले पीडितलाई बलात्कारपछि हत्या नै गर्ने गर्छन् । त्यसकारण बलात्कारको उजुरीको हदम्याद बढाउन एउटा घटनाको उजागर र आन्दोलनबाट सम्भव भयो भने बलात्कारपछि हत्या नै गर्ने घटनामा बलात्कारीलाई लिंग काटेर नै सजायको व्यवस्था किन नगर्ने भन्ने अर्को बहसको विषय हुन सक्छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

कोदालो प्रहार गरी हत्या

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

लागूऔषध ६ किलोग्राम गाँजासहित पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक