शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

संयुक्त सरकारका १२ प्राथमिकता र ११ नीति तथा कार्यक्रम तय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
संयुक्त सरकारका १२ प्राथमिकता र ११ नीति तथा कार्यक्रम तय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार १० दलको बैठकमा पेश गरेको सरकारको न्यूनतमम साझा कार्यक्रमको ड्राफ्टमा संयुक्त सरकारका १२ प्राथमिकता र ११ नीति तथा कार्यक्रम तय गरेका छन् ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा प्रचण्डले छलफलका लागि ड्राफ्ट पेश गरेका थिए । प्रस्तावित खाकामाथि बुधवार आवश्यक छलफल गरेर नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिइनेछ ।

न्यूनतम साझा कार्यक्रममा एमालेसँगको सरकार हुँदा ल्याइएका विषयलाई नै केही थपघट गरिएको छ ।

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न साझा न्यूनतम कार्यक्रम ल्याउन दलहरू सहमत भएका ड्राफ्टमा उल्लेख छ ।

लोकान्तरलाई प्राप्त भएको ड्राफ्टमा सरकारका १२ प्राथमिकता निर्धारण गरिएको उल्लेख छ ।

१. संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन र विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने ।

२. देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।

३. गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने ।

४. सेवाग्राहीलाई अहिले भोग्नुपरेको लाइनको सास्तीबाट मुक्त गराउनका लागि ईबिडिङ लगायत अनलाइन सेवा तथा टाइम कार्ड प्रणाली लागू गर्ने । सरकारले प्रदान गर्ने सेवामा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने ।

५. सार्वजनिक सेवाको क्षेत्रमा विद्यमान भ्रष्टाचार निर्मूल गर्नका लागि सरकारले तदारुकताका साथ कदम चाल्ने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रभावकारी बनाउन स्रोतसाधन तथा आवश्यक जनशक्ति उपलब्ध गराउने ।

६. राष्ट्रिय सतर्कता केन्द्र र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई परिणाममुखी र प्रभावकारी बनाउने ।

७. छिटोछरितो कार्य सम्पादनका लागि न्यायपालिका र संवैधानिक अंगहरूको संस्थागत सुधार गर्ने ।

८. सवारीचालक अनुमतिपत्र सबै प्रदेशहरूबाट तथा राहदानी सबै जिल्लाहरूबाट सहजरूपमा उपलब्ध गराउने ।

९. सार्वजनिक कामहरूमा सेवाग्राहीहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र दुबै बुझाउनुपर्ने दोहरोपनालाई मापदण्ड बनाई हटाउने । एउटै काममा धेरै कागजातहरू बुझाउनुपर्ने झञ्झट हटाउन राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण समावेश गरी पालिकाहरूबाट वितरण गर्ने व्यवस्था गर्ने ।

१०. दैनिक उपभोगका वस्तुहरूको आपूर्ति सहज तुल्याउने । महंगी, तस्करी, कृत्रिम अभाव, कालाबजारी, खाद्य वस्तुहरूमा मिसावट र वस्तु तथा सेवामा हुने सिन्डिकेट प्रणाली अन्त्य गर्ने ।

११. सबै प्रकारका वस्तु र सेवाको मूल्यमा सरकारले नियमन गर्ने । नाप तौलमा ठग्ने तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण गर्नेहरू माथि सख्त कारबाही गर्ने । उपभोक्ताहरूको हितका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने ।

१२. मिटरव्याजलाई दण्डनीय बनाउने । यस सम्बन्धमा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको प्रतिवेदनलाई कार्यान्वयन गर्ने ।

यसैगरी संयुक्त सरकारका नीति र कार्यक्रम भनेर ११ विषय उल्लेख गरिएको छ –

– संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संघीय निजामती सेवा ऐन, नागरिकता ऐन, शिक्षा सेवा ऐन, स्वास्थ्य सेवा ऐन लगायत अति आवश्यक ऐनहरूलाई यथाशीघ्र संसदबाट पारित गराउने । संविधानको अनुसूचीमा उल्लेखित क्षेत्राधिकारहरूसँग सम्बन्धित संघबाट बन्न बाँकी ऐन कानूनहरू प्राथमिकताका साथ निर्माण गर्ने । प्रदेशको क्षेत्राधिकारसँग बाझिएका संघीय कानूनहरू संशोधन गर्ने र प्रदेशको अधिकार सूचीमा रहेका विषयहरूको कानून निर्माणमा सहजीकरण गर्ने ।

– संघीयता कार्यान्वयनका लागि ३ तहबीचको सरकारको क्षेत्राधिकार र अन्तरसम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा सञ्चालन गर्ने । प्रदेश र स्थानीय तहलाई सबल र अधिकारसम्पन्न बनाउन आवश्यक कार्य गर्ने । संविधानबमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू हस्तान्तरण गर्ने ।

– संघ, प्रदेश र स्थानीय तहबिच सन्तुलित र न्यायोचित रूपमा राजस्व तथा स्रोत साधनहरू बाँडफाँट गर्ने । राज्यका तर्फबाट प्रदान गरिने सेवा सुविधाहरू जनता निकट पुर्‍याउन प्रदेश तथा स्थानीय तहलाई वित्तीय, प्रशासनिक तथा संगठनात्मक रूपमा सक्षम बनाउने ।

– संविधान प्रदत्त सामाजिक न्यायको हकको सुनिश्चितताका लागि समानुपातिक समावेशी प्रणालीको संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।

यो पनि पढ्नुहोस्

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

१० घण्टा अगाडि
आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

११ घण्टा अगाडि

– संघीय व्यवस्थाको आधारभूत मान्यताअनुरूप निजामती लगायत सबै सरकारी सेवा एवम् सुरक्षा निकायको पुनर्संरचनाको कामलाई पूर्णता दिने ।

– प्रदेशसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सरकारले पूर्णता पाएको ६ महिनाभित्र सम्पन्न गर्ने ।

– बोझिलो केन्द्रिकृत संरचनालाई रूपान्तरण गर्न र संघीय संरचनालाई चुस्त, दुरुस्त र मितव्ययी बनाउन अधिकारसम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने ।

– प्रदेश तथा स्थानीय तहका लागि आवश्यक कर्मचारीहरू संविधानबमोजिम व्यवस्थापनका लागि सहजीकरण गर्ने ।

– विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था सहितको निर्वाचन ऐन तर्जुमा गर्ने ।

– कुनै पनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने ।

– संघीयताको लाभ गरीब, विपन्न र विभेदमा परेका सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले लिन सकून् भन्नका लागि आवश्यक कार्य गर्ने । दलित, वादी, सीमान्तकृत तथा लोपोन्मुख जाति एवं पिछडिएको समुदाय र क्षेत्रको उत्थान र विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने ।

मस्यौदामा सरकारको छुट्टै आर्थिक नीति पनि तय गरिएको छ । यसबाहेक आर्थिक विकास, सुशासन, आर्थिक समृद्धि र जनजिविकाका विषयलाई प्रमुखताका साथ समेटिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

जनकवि दुर्गालाल श्रेष्ठ ९३ वर्षकाे उमेरमा निधन

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक