काठमाडौँ – सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
शनिबार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघको पाँचौं साधरणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार,संसद र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका हुन्।
उनले व्यवसायीहरुलाई व्यवसाय चलायमान बनाउन उत्साहित तथा प्रोत्साहन गर्नुपर्ने भन्दै त्यस्तो काम हुन नसकेको टिप्पणी गरे। उनले यस्तो अवस्थामा एकतर्फी रुपमा बैंकको ब्याजदर वृद्धि गर्न नहुने बताए। उनले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिलगायत व्यवसायीहरुका अन्य समस्या समाधान गर्नको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।
सभामुख घिमिरेले व्यवसायीहरुले आन्दोलनभन्दा वार्ताका माध्यमबाट समस्या समाधानको लागि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।


