काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरीने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको हो । माओवादी सरकारबाट बाहिरीए सँगै खजराज अधिकारी नेतृत्वको एमाले सरकार ढल्ने निश्रित भएको छ ।
अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।
अब एक महिनाभित्र अधिकारीले पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्रासको मत लिनुपर्नेहुन्छ अहिेलेको अवस्थामा उनले विश्रासको मत पाउन असंम्भवजस्तै छ ।


