शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी। टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ। विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पुर्‍याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो। अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ ।

डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ। बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरुको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो। ‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ। अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन्।चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओर्‍याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ।

संसदमा कसैले पनि टिकटकको समर्थन गरेनन्। यसले बालबालिकामा नकारात्मक प्रभाव पारेको धेरैको तर्क थियो। टिकटकले बालबालिका यौनशोषणको जोखिममा पर्दै गएको सांसदहरूको जिकिर थियो। डेमोक्र्याट सांसद क्याथि क्यास्टरले भनेका छन्: ‘बालबालिकाको सुरक्षामा ध्यान दिएर एप्लिकेशन बनाउनुपर्नेमा नाफा केन्द्रित भएर त्यसको बेवास्ता गरिएको छ।’ त्यस एप्लिकेशनको गोपनीयताको सवालमा प्रश्न तेर्सिएपछि एप्लिकेशन चिनियाँ सरकारको इशारामा नचल्ने बताइएको छ।

‘टिकटकमा आएका सामग्रीलाई हामी चिनियाँ सरकारको आग्रहमा प्रवर्धन पनि गर्दैनौं र हटाउँदैनौं’ उनको जवाफ थियो। टिकटक प्रयोगकर्तालाई कुनै पनि सरकारको हस्तक्षेपबाट टाढै राख्ने र बालबालिकाको सुरक्षामा निकै संवेदनशील रहेको जवाफ टिकटकले दिएको छ।संसदमा १० डेमोक्र्याट र १० रिपब्लिकन सांसदले टिकटकलाई प्रतिबन्ध लगाउन बाइडेन प्रशासनले कानुन ल्याउनुपर्ने प्रस्तावमा सहमति दिएका छन्। टिकटकका अनुसार बाइडेन प्रशासनले चिनियाँ लगानीकर्ताको स्वामित्व फिर्ता गरे मात्रै अमेरिकामा प्रतिबन्ध नलगाउने शर्त छ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएमा अमेरिकामा चिनियाँ लगानी र सामान बिक्रीबारे सोच्नुपर्ने चेतावनी दिएको छ। डेमोक्र्याटका सांसद टोनी काडेनले टिकटकले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको बताएका थिए। ‘आफ्नो स्वार्थका लागि बालबालिकाको सुरक्षामा ध्यान नदिने यस्ता कम्पनीबाट हामी स्वयंले हाम्रा बालबालिका बचाउनुपर्छ’, उनको भनाइ थियो। अमेरिकाले टिकटक प्रतिबन्धका लागि पहल बढाइरहेको छ।

त्यसअघि उसले टिकटकलाई आफ्नो भनाइ राख्ने मौका दिएको हो। प्रतिबन्ध कहिले लगाउनेछ भन्ने निश्चित छैन तर संसद टिकटकको प्रतिबन्धमा एकमतझैं छ। बाइडेन प्रशासनले टिकटक प्रतिबन्ध लगाएमा वासिङ्टन र बेइजिङको सम्बन्धमा थप दरार उत्पन्न हुने निश्चित छ। अमेरिकी संसदको एक समितिले प्रतिबन्ध सम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार हुनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन्।

यो पनि पढ्नुहोस्

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

८ मिनेट अगाडि
भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक