मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लाइसेन्स नवीकरणमा चलखेल गरिरहेको स्मार्ट टेलिकमका लाखौं ग्राहकको मोबाइल नम्बर तीन सातापछि चल्ने नचल्ने अन्योल भएको छ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्सको म्याद सकिन तीन सातामात्रै बाँकी रहेको र लाइसेन्स नवीकरण गर्न सो कम्पनीले चासो नदेखाएकाले ग्राहकको भविष्य अन्योल भएको हो ।

स्मार्ट टेलिकमको लाइसेन्सको म्याद वैशाख १ गतेसम्म छ । स्मार्टले बक्यौता रकम नतिरे सेवा बन्द गरिदिने तयारी सरकारको छ । स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर, रोयल्टी, जरिवानालगायत गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई करिब २७ अर्ब रुपियाँ शुल्क तिर्नुपर्ने रहेको छ । बक्यौता रकम तिरेर लाइसेन्स नवीकरण गर्नुपर्नेमा कम्पनीले लाइसेन्स नवीकरण गर्नेतर्फ चासो नदेखाई रहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

स्मार्ट टेलिकमका सञ्चालकले तत्काल लाइसेन्स नवीकरण गर्नेभन्दा विद्यमान दूरसञ्चार ऐन छिटो संशोधन गराउने चलखेमा लागेको स्रोतको दाबी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ऐन संशोधन गर्ने तयारी गरिरहेका बेला त्यसमा खेल्न स्मार्टका सञ्चालकहरू लविङमा लागेको स्रोतको भनाई छ ।

ऐन संशोधनको मस्यौदामा दूरसञ्चार कम्पनीहरूको नवीकरणको शुल्कमा भारी कटौती गर्ने प्रस्ताव गरिएको छ, प्रस्तावित मस्यौदा पारित भए अर्बको ठाउँमा करोड मात्र शुल्क बुझाउन सकिने भएकाले स्मार्ट टेलिकमका सञ्चालकहरू ऐन संशोधन गराउने ध्यानमा लागेको स्रोतको भनाइ छ । अहिले स्मार्टको लाइसेन्स केही समय थमौती गर्न सके संशोधित ऐनअनुसार नवीकरण गर्दा अर्बौं रुपियाँ फाइदा गर्न सकिने आशामा स्मार्टका सञ्चालकहरूको दौडधुप जारी छ ।

दूरसञ्चार ऐन संशोधन हुने बेलासम्म स्मार्ट टेलिकमको लाइसेन्सको म्याद नै सकिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

विपद्लाई  सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

११ घण्टा अगाडि
जेनजी आन्दोलनका युवालाई तत्काल न्याय  व्यवस्थापनको व्यवस्था गर्न  माग

जेनजी आन्दोलनका युवालाई तत्काल न्याय व्यवस्थापनको व्यवस्था गर्न माग

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

विपद्लाई सिङ्गो विश्वको ध्यानाकर्षण गराउन सुझाव

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

प्रहरी र सरकारी वकिलको मिलेमतोमा वैवाहीक जकलाई कमजोर बनाइयो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक