शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

रामचन्द्र पौडेलले पाएको इतिहास बनाउने अवसर !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरुबीच चलिरहेको रस्साकस्सी सकिएको छ । देशले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल जस्तो लामो राजनीतिक अनुभव भएको व्यक्ति पाएको छ । एक पटक सभामुख र मन्त्री बन्ने अवसर पाएका पौडेलले खासै सत्ता र पार्टीमा नेतृत्वदायी भूमिकाको अवसर भने पाउन सकेनन् । हुन त उनले पाएको अवसर सदुपयोग गर्न नसक्दा र नेतृत्व लिनसक्दा पनि सत्ता र पार्टीको शीर्षस्थ भूमिकामा पुग्न नसकेको विश्लेषण गर्न सकिन्छ । तर, पञ्चायतकालदेखि प्रजातन्त्रका लागि संघर्ष गरेका पौडेल अन्य नेताको तुलनामा कम विवादास्पद छवि भएको नेताको रुपमा छन् । लामो राजनीतिक योगदान भए पनि सधैं विफलता मात्र प्राप्त गरेका पौडेलको राजनीतिक जीवन पनि करिब करिब असफलताको डिलमा पुगिसकेको थियो । तर, जीवनको उत्तराद्र्धमा भए पनि देशको सर्वोच्च निकायको प्रमुख बन्ने अवसर पाएकाले उनको राजनीतिक जीवन सार्थक भएको मान्न सकिन्छ ।

नयाँ बनेको गठबन्धनका कारण पौडेलले राष्ट्रपति जस्तो गरिमामय पदमा आसीन हुने मौका पाएका छन् । उनी कांग्रेसको गत महाधिवेशनबाट नै राजनीतिक करियरको अवकाशतिर पुगिसकेका थिए । आफ्नै गुटबाट सर्वसम्मतिको सभापतिको दाबेदार हुनुपर्ने उनको महत्वाकांक्षा पूरा हुन सकेन । उनी उम्मेदवार त बनेनन् नै, मत पनि नहाली महाधिवेशनमा तटस्थ रहे । त्यतिबेला देउवा पक्षप्रति केही नरम देखिएका उनी गत प्रतिनिधिसभाबाट निर्वाचित भए । त्यसपछि कांग्रेस र माओवादी लगायत दलको गठबन्धनबाट राष्ट्रपतिमा आफूलाई अघि सारिने उनमा आशा पलाएको थियो । तर, सत्ताको खेलमा पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बेमेल हुँदा सबैभन्दा निराश उनै पौडेल बने । एमालेसँगको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बनेपछि र एमालेलाई राष्ट्रपति दिने सहमति भएपछि पौडेले आफ्नो सपना पूरा नहुनेमा विश्वस्त भइसकेका थिए । तर, दुई महिनामै गठबन्धन फेरिँदा र राजनीतिक दलबीचको सहकार्यमा उतारचढाव आउँदा भने उनै पौडेल राजनीतिक जीवनको उत्तराद्र्धमा सफल साबित भएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेल माओवादी केन्द्र, नेकपा एस, जसपा, जनमत, लोसपा लगायत दलको सहायतामा राष्ट्रपति बन्न सफल भएका हुन् । लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका र भ्रष्टाचार, अनियमितता जस्ता गतिविधिमा संलग्न नरहेका कारण पनि पौडेलको राष्ट्रपतिसम्मको यात्रालाई सबैले प्रशंसा नै गरेका छन् । तर, आगामी दिनमा उनले एउटा कांग्रेस नेताको रुपमा नभई देशको अभिभावकको रुपमा भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन्, जसमा उनी खरो रुपमा उत्रिनुपर्नेछ ।

आलंकारिक पद भए पनि राष्ट्रपतिका लागि दलहरुबीच रस्साकस्सी हुनुले यो पद कति महत्वपूर्ण भएको छ भन्ने स्पष्ट हुन्छ । यस्तो हुनुको मुख्य कारण हो, विगतमा राष्ट्रपतिको सक्रियता र मुख्य विषयहरुमा सरकारलाई रोक्नेसम्मको शक्ति । तत्कालीन एमाले नेतृत्वको सरकार हुँदा सरकारका निर्णयहरु तत्काल स्वीकृत गर्ने र कांग्रेसको सरकार बन्दा निर्णय गर्न समय लगाउने कारणले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेकी थिइन् । उनीअघिका राष्ट्रपति रामवरण यादव पनि सरकारको निर्णयमा हस्तक्षेप गरेका कारण विवादमा आएका थिए । आलंकारिक पदलाई कार्यकारी जस्तो गरी चलखेल हुन थालेपछि र सरकारलाई लगाम लगाउने निकायको रुपमा यो पद निर्णायक देखिने भएपछि राजनीतिक दलहरुले राष्ट्रपति आफ्नो पार्टीबाट बनाउन तँछाडमछाड गरेका हुन् । राष्ट्रपति गणतन्त्र नेपालको प्रमुख संस्था हो । देशमा गणतन्त्र कार्यान्वयनको सफलताको सूचक भनेको यो संस्था निर्विवाद रहनु पनि हो । त्यसैले यो संस्थाको नेतृत्व गर्नेले अमूक राजनीतिक दलको पक्षधरता लिने होइन, समग्र राजनीतिक दल, सरकार र देश तथा जनताको नै अभिभावकको भूमिका खेल्न आवश्यक छ । तर, पछिल्लो समय राष्ट्रपतिबाट देशको अभिभावकको रुपमा नभई पार्टीको नेताको जस्तो गतिविधि गर्दा यो संस्था विवादमा पर्दै आएको छ ।

यसपटक पनि राष्ट्रपति निर्वाचनमा दलहरुको रस्साकस्सी खुबै भएको थियो । प्रधानमन्त्री चयनका लागि बनेको एमाले र माओवादी केन्द्रको गठबन्धन राष्ट्रपति निर्वाचनमा आएर टुटेको थियो । माओवादीले एमालेलाई राष्ट्रपति पद दिने सहमति गरे पनि त्यसलाई पालना नगरी पुनः कांग्रेससँग सहकार्य गर्न आएको हो । कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादीसँग सहकार्यको बाटो खुलेको थियो । यही सहमतिको बलमा राष्ट्रपति बनेकाले पनि पौडेलमाथि आगामी दिनमा विगतका राष्ट्रपतिझैं पार्टीको ‘रबरस्ट्याम्प’ बन्ने आशंका देखिएको छ, जसलाई उनले चिर्नुपर्नेछ । जसरी उनले हालसम्म स्वच्छ छविको नेताको रुपमा आफूलाई कायम राखे, त्यसगरी राष्ट्रपतिको भूमिकामा निर्विवाद र पक्षधरता रहित देशको अभिभावक बन्ने अपेक्षा जनताले गरेका छन् , आगे जिम्मेवारी पाएका र अवसर पाएकालाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

इजिप्टले पेट्रोलको मूल्य बढायो

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

५६ मिनेट अगाडि
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक