सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

दर्शक अट्ने रङ्गशाला बनाउन प्रधानमन्त्री भए प्रतिबद्व

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दर्शक अट्ने रङ्गशाला बनाउन प्रधानमन्त्री भए प्रतिबद्व
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बिहीवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वकप लिग २ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगे।

खेलाडीहरुलाई हौसला दिएर विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले चर्को स्वरमा ‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’ भन्दै हुटिङ गरेका थिए। नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान छैन। हिजोको खेलमा हजारौं दर्शक स्टेडियममा भए पनि बाहिर पनि हजारौंको संख्यामा मानिसहरु थिए। रुख चढेर समर्थकहरु क्रिकेट हेरिरहेका थिए। आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो। तर, टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन्। टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो। परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रङ्गशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढ्न बाध्य भएका थिए। सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो। भिड बढ्दै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो। त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भएको थियो। प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेणु दाहाललाई पनि देखेपछि दर्शकहरूले फेरि भन्न थाले, ‘दिदी, रङ्गशाला चाहियो।’

हिजोको खेलमा नेपाली टोली विजय हुँदै विश्वकप छनोटमा पुग्यो। सोही टोलीलाई आज बिहान प्रधानमन्त्री निवासमा भेट्दै प्रचण्डले जितको लागि बधाई दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे। प्रचण्डले प्रत्येक खेलाडीलाई ३ लाख रुपैयाँ दिने घोषणासमेत गरे। आजको भेटमा भने प्रधानमन्त्रीले कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नतिसहित नेपालमा बन्दै गरेका अन्य क्रिकेट मैदानको निर्माण सम्पन्न गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे। ‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भने। यस्तै उनले थपे, ‘मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता हुने

२५ मिनेट अगाडि
सहकारीको बचत रकम दुरुपयोग

सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक