बुध, कार्तिक १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना न्यून

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना न्यून
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वासिङ्टन । हालै पत्ता लागेको क्षुद्रग्रह सन् २०४६ मा पृथ्वीको नजिकबाट गुज्रने नासाले मंगलबार एक ट्वीट गर्दै जानकारी दिएको छ । यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना न्यून रहेको पनि जानकारी दिइएको छ । नासाको गणनाका अनुसार एउटा ओलम्पिकको स्विमिङ पुलको आकारको सो क्षुद्रग्रह यदि पृथ्वीमा ठोक्किने भयो भने सन् २०४६ को भ्यालेन्टाइन्स डेमा पृथ्वीमा आइपुग्नेछ । यद्यपि, नासाले अहिलेसम्म यो क्षुद्रग्रह पृथ्वीको १८ लाख किलोमिटर नजिकसम्म आइपुग्ने बताएको छ । शोधकर्ताहरूले अझै तथ्यांकलाई गणना गरिरहेका छन् । त्यसैले यो तथ्यांक पछि फरक पनि पर्न सक्छ ।

‘२०२३ डीडब्लू’ नाम दिइएको सो क्षुद्रग्रह पृथ्वीसँग ठक्कर खाने सम्भावना ५६० मा १ रहेको नासाको भनाई छ । टोरिनो इम्प्याक्ट हाजार्ड स्केलमा जोखिमको सूचकाङ्कमा १ मा रहेको एकमात्र क्षुद्रग्रह हो । ० देखि १० सूचकाङ्कमा कुनै पनि अन्तरिक्षको वस्तु पृथ्वीसँग ठोक्किने जोखिमलाई मापन गरिन्छ । यसमा शून्य भनेको ठोक्किने सम्भावना नरहेको बुझिन्छ । नासाको जेट प्रापोल्सन ल्याब्रोटरी (जेपीएल) का अनुसार १ भनेको पनि क्षुद्रग्रह ठोक्किने सम्भावना निकै कम रहेको र आमजनता आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । ‘यो क्षुद्रग्रहको बारेमा धेरै चिन्ता लिइराख्नुपर्ने छैन,’ जेपीएलका इन्जिनियर डेभिड फारानोकियाले सीएनएनसँग कुराकानी गरे ।

यदि यो क्षुद्रग्रह केही गरी पृथ्वीसँग ठोक्किहाल्यो भने पनि ६.६ करोड वर्षअघि पृथ्वीबाट डायनासोर लोप हुनेजस्तो असर नपर्ने साइन्टिफिक अमेरिकनले जनाएको छ । त्यतिबेला पृथ्वीसँग ठोक्किएको क्षुद्रग्रहको आकार अहिलेको भन्दा निकै ठुलो (१२ किलोमिटर लम्बाई) भएको थियो । यद्यपि, २०२३ डीडब्लू कुनै सहर वा जनघनत्व धेरै भएको स्थानमा खस्यो भने चाहिँ यसले ठुलो क्षति पुर्‍याउन सक्ने जोखिम रहेको छ । १० वर्षअघि २०२३ डीडब्लूको आकारभन्दा आधाको एउटा क्षुद्रग्रह विस्फोट हुँदा २ सय वर्ग माइलको क्षेत्रफलमा झ्यालका सीसाहरु फुटेका थिए भने १५ सय जनाभन्दा बढी घाइते भएका थिए । यो क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना कम भए पनि वैज्ञानिकहरूले यस्ता खालको घटनाका लागि लामो समयदेखि तयारी गरिरहेका छन् । गत अक्टोबरमा नासाले आफ्नो डबल एस्टेरोइड टेस्ट (डार्ट) मिसनले एउटा सानो क्षुद्रग्रहमा अन्तरिक्षयान ठोक्काउँदै त्यसको दिशा परिवर्तन गर्न सफल भएको थियो । -बीबीसी

यो पनि पढ्नुहोस्

यस्ताे छ ग्लोबल आईएमई बैंकको साधारण सभा एजेण्डा ?

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

५ घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अभियानकर्मी राजीव श्रेष्ठ काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक