सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।

गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ ।

फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए । ‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । यसमा सुरक्षा र कमलमणिबीचको अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिहरूबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा देखाइएको बताइन् ।

फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

गीत लिंक

 

यो पनि पढ्नुहोस्

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

१६ मिनेट अगाडि
२८ जना राजबन्दीहरुलाई रिहा गर्न  माग

२८ जना राजबन्दीहरुलाई रिहा गर्न माग

३६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

राजनीति नगर्न फिफाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक