सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कैलाली । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड टाँसेर सेवा दिन थालेको हो ।

केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि भौतिक संरचनाको अभाव भएको अस्पतालमा कार्यरत कर्मचारीको भनाइ छ । “केन्द्रका रुपमा सेवा दिइरहेको अवस्था थियो, अस्पतालमा परिणत गरेपछि भौतिक संरचनाको आवश्यक्ता छ”, नेत्र सहायक कमल साउदले भने, “शल्यक्रिया भएपछि बिरामी राख्ने भवन र शय्याको अभाव छ ।” उहाँले बिरामीलाई सहज हुने गरी सेवा दिन केही भवन आवश्यक छ, स्थानीय सरकारले पहल गर्न जरुरी छ भने ।

“बिरामीको चाप बढी छ आवश्यक संरचनाका बारेमा यस क्षेत्रका स्थानीय सरकारले ध्यान दिन जरुरी छ”, साउदले भने, “अस्पताल भएपछि मङ्गलबार र बिहीबार गरी दुई दिन आँखाको शल्यक्रिया हुने गरेको छ ।” हप्तामा दुई दिन शल्यक्रिया गर्दा पनि महिनामा एक सय ५० बढीको शल्यक्रिया हुने गरेको साउदले जानकारी गराए ।

अस्पतालमा दैनिक एक सय ५० देखि दुई सय आँखाका बिरामी आउने गरेका छन् । सुदूरपश्चिमको धनगढीको गेटामा पाइने सेवा कैलालीको पूर्वी भेग टीकापुरबाट पाइन थालेपछि बर्दिया र कैलालीका आधा जनताले सहजरुपमा सेवा पाउन थालेका हुन् ।

चौध कट्ठा जमिनमा उपचार केन्द्र सञ्चालनमा थियो त्यही भवनमा अस्पतालले सेवा दिइरहेको छ । उपचार केन्द्र अस्पतालमा परिणत भएपछि अहिले १२ जना कर्मचारी कार्यरत छन् । अस्पतालमा एक जना विशषेज्ञ, तीन जना नेत्र सहायक, एक जना दृष्टि विशेषज्ञलगायत अन्य प्राविधिक कर्मचारी कार्यरत छन् ।

उपचार केन्द्रलाई करिब एक वर्षअघि २०७८ साल पुस ६ गते अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गेटा आँखा अस्पतालले गरेको थियो । यसअघि केन्द्रका रुपमा सेवा दिँदा गेटा आँखा अस्पतालका डाक्टर केही वर्षसम्म महिनामा एकपटक र पछिल्लो समय दुईपटक शल्यक्रिया सेवा दिन टीकापुर आउने गरेका थिए । टीकापुर आँखा अस्पताल गेटा आँखा अस्पतालको शाखाकै रुपमा सञ्चालन हुने भएको छ । केन्द्रको स्तरवृद्धि गरेर अस्पतालका रुपमा सेवा दिन थालिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी गराए । “सेकेण्डरी लेबलको अस्पताल सञ्चालनमा ल्याएका छौँ, जसमा नेत्र विशेषज्ञ सेवा, आँखा शल्यक्रिया, फार्मेसी र अप्टिकल सेवा दिन थालेका छौँ”, भट्टले भने, “स्थानीय सरकार र प्रदेश सरकारले भवन निर्माणमा सहयोग गरिदियो भने आफ्नै भवनबाट सेवा दिन सक्ने थियौँ ।” टीकापुर आँखा अस्पताललाई भौतिक संरचना आवश्यक छ त्यसका लागि प्रदेश सरकारसँग पटकपटक प्रस्ताव पेश गरे पनि सुनुवाइ नभएको भट्टले गुनासो गरे । उनले टीकापुर आँखा अस्पताल सेकेण्डरी लेबलको अस्पताल भएको भन्दै बिरामीको चापको आधारमा स्वास्थ्यकर्मी थप्दै जाने बताए ।

टीकापुर आँखा उपचार केन्द्रका कारण यस क्षेत्रका नागरिकलाई ठूलो राहत भएको छ । आँखा उपचार गर्न धनगढी या नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । बर्दिया र कैलालीका आधा नागरिकले सेवा लिने केन्द्र अस्पतालमा परिणत भएपछि अन्य सेवा पनि सहजरुपमा पाउने भएका छन् । केन्द्रले बेलाबखत निःशुल्क शिविर सञ्चालन गर्ने गरेको छ ।

“आँखा मान्छेको महत्वपूर्ण अङ्ग हो, आँखा अस्पताल सञ्चालन भएपछि आम नागरिकलाई ठूलो राहत भएको छ”, समाजसेवी भुवनेश्वर अधिकारीले भने, “यस क्षेत्रका विपन्न नागरिकले सहजरुपमा सेवा लिइरहेको संस्थाका बारेमा स्थानीय जनप्रतिनिधिले चासो राख्नुपर्छ ।”

“अस्पताललाई बलियो बनाउन यस क्षेत्रका स्थानीय सरकार मिलेर अघि बढ्न जररी छ”, अधिकारीले भने, “विपन्न नागरिकले रु १०० मा सेवा पाइरहेका छन् यही सेवा लिन अन्यत्र जानु प¥यो भने रु एक हजार खर्च गर्नुपर्छ ।” RSS

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

११ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

एमालेको सचिवालय बैठक आज बस्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक