आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारी दिवसमा जीवन रक्षाका लागि सार्वजनिक अपील

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नारी दिवसमा जीवन रक्षाका लागि सार्वजनिक अपील
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपील गरेकी छन् । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा. डा. उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपील गरेकी हुन् ।

क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन् । प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाउँदै आएकी छन् ।

सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा उपचारका क्रममा साढे चार करोडभन्दा बढी खर्च भइसकेको छ । तर, यति गर्दापनि हालसम्म क्यान्सर पूर्णरुपमा निको भएको छैन । पूर्णरुपले क्यान्सर निको नभएपछि उनले अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावका आधारमा ‘इम्युनो थेरापी’ सुरु गरेकी छन् । उनले हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छन् ।
उनका अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ । एक चरणको उपचारका लागि २१ दिनमा करिब चार लाख लाग्छ । “अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो”, प्रा.डा.प्याकुरेलले भनिन्,–‘सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ ।’ उनले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन् ।

उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ । उनले मधुश्री नामबाट साहित्य रचना पनि गरेकी छन् । उनको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए ।

विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा.डा. प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक छिन् । प्रा. डा. धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा. प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध गरे ।

त्यस्तै, तीन वर्षदेखि प्रा. प्याकुरेलको उपचारमा संलग्न प्रा. डा. राजेन्द्र बरालले प्रा. प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे । अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपील गरे ।

प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी डा. प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आपूmहरु सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ छ ।

उनलाई सहयोग गर्नका लागि काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

५ मिनेट अगाडि
मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक