काठमाडौं । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ ।
स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन् । रत्नराज्य लक्ष्मी ९ आरआर० क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । आर आर क्याम्पसका १७ राजनीतिक संघ संगठनले स्ववियु चुनावका लागि संगठन दर्ता गराएका छन् । आरआरको सबैभन्दा ठुलो संगठन अनेरास्ववियुले पनि स्ववियु निर्वाचनका लागि तयारी तीव्र पारेको छ । आरआर क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । ि
अनेरास्ववियु आरआरका संयोजक लोकेश खड्का, स्थायी कमिटी सदस्य सुजिता धिताल, स्थायी कमिटी सदस्य धर्म न्यौपाने, केन्द्रीय सदस्य उज्वल खड्का, केन्द्रीय सदस्य मदन भण्डारी, राज न्यौपाने र दिलीप खड्काको नाम सिफारिस भएको छ ।
७ जना स्ववियु सभापतिका दाबेदार ७ जना मध्ये एक्ली महिला हुन् सजिता धिताल । विद्यार्थीहरू माझ चर्चित विद्यार्थी नेता धिताल यस पटक स्ववियु सभापतिको लागि आकांक्षी छन् । आर आर क्याम्पसमा विद्यार्थीहरूको हक र हितका लागि निरन्तर आवाज उठाउने धिताल नेतृत्वमा पुग्ने योजनामा छन् ।