काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा अहिले फ्रेन्ड्स क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा भइरहेको छ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा खुमलटार र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन्।
जारी सिजन पहिलो पटक खुमलटारले शीर्ष डिभिजनमा डेब्यु गरेको हो। खुमलटार बी डिभिजन लिगको उपविजेता बन्दै ए डिभिजनमा बढुवा भएको थियो।
फ्रेन्ड्सले २०३२ देखि माथिल्लो डिभिजन खेल्न थालेको हो। तर, फ्रेन्ड्स उपाधि दाबेदारीमा भने रहने गरेको छैन।


