सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सभामुख घिमिरेलाई ‘सभामुख निवास’मै राख्ने सरकारको निर्णय

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सभामुख घिमिरेलाई ‘सभामुख निवास’मै राख्ने सरकारको निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको बालुवाटारस्थित ‘सभामुख निवास’मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेपछि नवनिर्वाचित सभामुख घिमिरे आफन्तको घरमा बस्दै आएका छन्। तिमिल्सिनालाई उक्त निवास छाडेर सरकारले नै व्यवस्थापन गर्ने अर्को ठाउँमा सर्न सहरी विकास मन्त्रालयले आग्रह गरे पनि उनले आफ्नो कार्यकाल एक वर्ष मात्रै बाँकी रहेकाले त्यो अवधि त्यहीँ बस्ने बताएका थिए। एक मन्त्रीका अनुसार सरकारले अध्यक्ष तिमिल्सिनाका लागि बालुवाटारमै रहेको मुख्यसचिव निवासमा सार्ने निर्णय लिएको छ। सभामुख निवासमा आउनुअघि उनी त्यही मुख्यसचिवको निवासमै बसेका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि फौजदारी अभियोग लागेर राजीनामा दिएपछि खाली भएको मौकामा तिमिल्सिना सभामुखको निवासमा सरेका हुन्। महरापछि सभामुख भएका अग्नि सापकोटा आफ्नो निवास खाली नभएपछि लैनचौरस्थित सरकारी निवासमा बसेर आफ्नो कार्यकाल पूरा गरेका थिए। उक्त भवनमा सभामुख घिमिरे जान अस्वीकार गरेपछि उनका लागि वासस्थानको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र संसद सचिवालयलाई सकस परेको छ। सरकारले सरकारी निवासको व्यवस्था गर्न नसकेपछि सभामुख घिमिरे भक्तपुरको लोकन्थलीपस्थित आफन्तको घरमा आश्रय लिइरहेका छन्। सरकारले उपसभामुखमा इन्दिरा रानामगर र राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याललाई पनि निवासको व्यवस्था गरेको छैन। बालुवाटारको सभामुख निवाससँग सभामुखको राजनीतिक र ऐतिहासिक पक्ष जोडिएको छ। राजतन्त्रकालमा राजपरिषद् स्थायी समितिको सभापतिको निवासको रुपमा रहेको उक्त ठाउँलाई २०६३ जेठ ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार पुनः प्रतिनिधिसभाले सभामुख निवासको रुपमा रहने घोषणा गरेको थियो।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

२ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक