आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

आत्मनिर्भरताको कठोर बाटोबाट नै शक्ति र समृद्धि प्राप्त हुन्छ भन्ने उदाहरण बन्यो उत्तर कोरिया !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हालै मात्र उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भइरहँदा त्यहाँका नेता किम जोङ उनले कृषि उत्पादनमा ‘क्रान्तिकारी परिवर्तन’ गर्न निर्देशन दिएको सञ्चारमाध्यममा आएको छ । कम्युनिस्ट पार्टी तथा नेतृत्वबाट शासित उक्त मुलुकका नेता किमले कृषिमा स्थिर र दिगो उत्पादन गर्नमा जोड दिएका हुन् । अन्य पूँजीवादी मुलुकको सहयोग नलिई आफ्नै जोडबलमा विकासको मार्गमा रहेको उत्तर कोरिया कुनै बेलाको चीनजस्तो अनुमान गर्न सकिन्छ । सामूहिक श्रम तथा उत्पादनका कारण चीनले अभूतपूर्व विकास हासिल गरेको छ । यो विकासमा हरेक वस्तुमा आत्मनिर्भर हुन खोज्ने दृढ राजनीतिक संकल्प महत्वपूर्ण छ । त्यही संकल्प अहिले उत्तर कोरियाली शासकवर्गले पनि देखाएको छ ।
हाम्रो देशमा पनि अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । कुनै बेला १० वर्षको जनयुद्ध गरेर शान्ति प्रक्रियामा राजनीतिमा आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । उनको पार्टीले जनयुद्ध गर्नुको कारण मुलुकमा सर्वहारा वर्गमाथिको अन्याय, अत्याचार अन्त्य थियो । समाजमा रहेको सामन्ती तथा पूँजीपति वर्गको एकाधिकार तोड्नु र सबै जनतालाई समान विकासको अनुभूति गराउनु जनयुद्धको मुख्य उद्देश्य थियो । देशमा माफिया, दलाल बिचौलियाको दबदबा हटाउनु पनि माओवादीले आफ्नो मुख्य लक्ष्य ठानेको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएको पनि करिब दुई दशक पुग्न थालिसकेको छ । यसबीचमा अर्को कम्युनिस्ट पार्टी एमालेसँग मिलेर पटकपटक सरकार चलाएको पनि छ । तर, यसबीचमा उसले आफ्नो लक्ष्यअनुसार न दलाल पूँजीवादको अन्त्य गर्न सकेको छ, न त समाजको हरेक क्षेत्रमा हावी बिचौलियातन्त्रको अन्त्य नै गर्न सकेको छ । दलाल पूँजीवादकै कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ भने सरकार टुलुटुल हेरेर बस्ने निरीहता मात्र प्रदेश गर्दै आएको छ । मुलुक अहिले हरेक वस्तुमा आयातमा निर्भर भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) मा ९ खर्ब १९ अर्ब २६ करोडको आयात भएको छ । निर्यात भने ९३ अर्ब ४३ करोड रुपैयाँको मात्र भएको छ । नेपाल कृषिप्रधान मुलुक भनिए पनि धानचामल लगायत कृषि उपभोग्य वस्तु पनि धेरै नै आयात गर्दै आएको छ ।
यही परनिर्भरताका कारण मुलुकले आर्जन गरेको राजस्व र रेमिट्यान्त्र वस्तु आयातमा नै सिद्धिने गरेको छ । यसका कारण मुलुकको अर्थतन्त्र नै डामाडोल हुँदै आएको छ । विश्वका देखिने विभिन्न संकटको असर तत्काल नेपालमा पनि देखिने र सर्वसाधारणको जीवनयापन नै समस्यामा पर्ने गरेको छ । त्यसकारण यी समस्या समाधान गर्न सर्वप्रथम त कृषिलगायत वस्तुमा आत्मनिर्भरताका लागि उत्तर कोरियाको जस्तै दृढ संकल्प नेपाली राजनीतिक दल र तिनका नेतामा आवश्यक देखिएको हो । यसका साथै औद्योगिकीकरण, सेवामूलक क्षेत्रलाई प्राथमिकता दिन पनि आवश्यक छ । अब पनि आफू उत्पादनमा नलाग्ने र विदेशमा कमाएको पैसाले किनेर उपभोग गरिरहने हो भने देश कुनै न कुनै बेलामा ठूलो दुर्घटनामा पर्ने निश्चित छ । आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

९ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक