काठमाडौं । आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार विदेशबाट सिटी एक्स्प्रेसमा पठाइएको रेमिट्यान्स अब सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा केही समय पश्चात लागु हुने छ ।
सुविधा लागु भएपछि ग्राहकहरुले विदेशबाट सिटी एक्सप्रेसमा पठाएको रेमिट्यान्स आईएमई पे वालेटबाट प्राप्त गर्न सकिने ‘आईएमई पे’ले जनाएको छ ।


