काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
साफले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत २०२३ को प्रतियोगिता, मिति र भेन्यु सार्वजनिक गरेको हो । जस अनुसार नेपालमा आयोजना हुने यू–१९ च्याम्पियनसिप २०२३ को जुलाई ७ देखि १७ सम्म सञ्चालन हुने छ । नेपालले यसअघि सन् २०१५ मा घरेलु भूमिमा भएको यो प्रतियोगिताको उपाधि जितेको थियो ।


