बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सञ्जय दत्त ‘हेराफेरी ४’ मा खलपात्र

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सञ्जय दत्त ‘हेराफेरी ४’ मा खलपात्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बलिउड पछिल्लो साता ‘हेराफेरी ३’को चर्चाले गर्मायो । फेब्रुअरी २१ देखि छायांकन सुरु भएसँगै यो कमेडी सिक्वेलको चर्चाले अरु कुरालाई ओझेलमा पार्‍यो । यो श्रृंखलामा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल शीर्ष भूमिकामा छन् । फरहाद सम्जीले चलचित्रको प्रोमो खिचिरहेको तस्वीर पनि सार्वजनिक भएकाे छ ।

अहिले आएर चलचित्रलाई लिएर दुईवटा नयाँ खबर छ । पहिलो, अब चलचित्रको शीर्षक ‘हेराफेरी ३’ नभएर ‘हेराफेरी ४’ हुनेछ । बलिउड हंगामाका अनुसार यो चलचित्रको खलपात्रमा सञ्जय दत्तले अभिनय गर्नेछन् । स्रोतले भन्यो, ‘सञ्जय दत्तले चलचित्र साइन गरेका छन् । फिल्ममा उनी एक विरोधीको भूमिकामा देखिने जनाइएको छ । उनको चरित्र दृष्टिविहीन छ र धेरै विचित्र छ । उनले हेराफेरी श्रृंखलामा पागलपनको अंश थप्ने अपेक्षा गरिएको छ ।’

स्रोतले अगाडि भन्यो, ‘सञ्जय दत्त कमेडी भूमिकामा उत्कृष्ट छन् र निर्माताले यो भूमिकाका लागि उनलाई सही ठहर्‍याएका छन् । उनको कास्टिङले चलचित्रको ब्राण्डमा अझै मूल्य थप्नेछ । उनी हेराफेरी युनिभर्समा एक रोमाञ्चक पात्र हुनेछन् । दर्शकले उनलाई राजु (अक्षय कुमार), श्याम (सुनिल शेट्टी) र बाबुराव गणपतराव आप्टे (परेश रावल) सँग अभिनय गरेका हेर्न पाउनेछन् ।’

‘हेराफेरी ४’ मा अरशद वारसीलाई अनुबन्ध गरिएको खबर पनि आएको छ तर स्रोतले यो कुराको पुष्टि गर्न सकेन । जे होस्, सञ्जय दत्त र अरशद वारसीको पुनर्मिलनले केही फ्यानलाई उत्साहित बनाएको छ । किनभने दुवैलाई मुन्नाभाइ फ्रेन्चाइजीमा क्रमशः मुन्नाभाइ र सर्किटको रूपमा मन पराइएको छ ।

यसैबीच, मिड-डेसँगको अन्तर्वार्तामा परेश रावलले हेराफेरी ४ को छायांकन तीन महिनाभित्र सुरु हुने र मुम्बईका साथै विदेशी लोकेसनमा पनि हुने बताए । उनले भने, ‘बाबु भैय्या, राजु र श्याम विदेश गएकाले अबुधाबी, दुबई र लस एन्जलस जस्ता स्थानमा पनि चलचित्रकाे छायांकन हुनेछ । तिनीहरूले विश्वव्यापी रूपमा हेराफेरी गर्नेछन् ।’

यो पनि पढ्नुहोस्

कांग्रेस महाधिवेशनकाे मतगणना सक्ने तयारी

कांग्रेस महाधिवेशनकाे मतगणना सक्ने तयारी

४ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

विश्वमा चीनले अघि सारेको विश्व सुरक्षा पहल र यसको बढ्दो महत्व

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक