काठमाडौं / चिनिया सहयोगमा बिस्तार हुने भन्दै लामो समयदेखि अवरुद्ध रहेको कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक खण्डको सम्बन्धित निकायले आज बिहिबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुनलागेको हो । निरीक्षणका लागि आज बिहान नौ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदुत ूछन् सङू लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाईएको छ।