काठमाडौं । बंगलादेशको उच्च अदालतले भारतीय फिल्म निर्माता हंसल मेहता निर्देशित फिल्म ‘फराज’को प्रदर्शनमा रोक लगाएको छ ।
रिट निवेदनको सुनुवाइपछि न्यायाधीश एमडी खसरुज्जमान र इकबाल कबीरको संयुक्त इजलासले बंगलादेशका हल र डिजिटल प्लेटफर्ममा उक्त फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउन आदेश दिएको हो ।
जुही बब्बर, आमिर अली, जहाँ कपुर र आदित्य रावल अभिनित यो फिल्म सन् २०१६ मा ढाकाको एक क्याफेमा भएको आतंकवादी हमलाको कथावस्तुमा आधारित छ ।
सन् २०१६ जुलाई १ मा राजधानी ढाकास्थित होली आर्टिसन क्याफेमा आतंकवादी हमलामा मारिएकी अबिन्ता कबीरकी आमा रुबा अहमदले रिट दायर गरेकी थिइन् ।


