शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

यसरी बनाऔं आत्मनिर्भर अर्थतन्त्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यसरी बनाऔं आत्मनिर्भर अर्थतन्त्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण
केही वर्षयता खस्किएको नेपालको आर्थिक अवस्था अझै पनि सुधार भएको छैन । विशेषगरी विदेशी मुद्रा सञ्चिती घट्दा नेपालले केही वस्तुको आयातमा नै प्रतिबन्ध लगाएको थियो । त्यति गर्दा पनि मुलुकको आर्थिक अवस्थामा सुधार भने आउन सकेको छैन । सरकारले ती प्रतिबन्धित वस्तुको आयात फेरि खोलिसकेको छ । तर, अर्थतन्त्र सुधारका लागि भनेर ठोस योजना भने ल्याउन सकेको छैन । यही बेलामा मुलुकमा निर्वाचन सम्पन्न भई नयाँ सरकार पनि गठन भइसकेको छ । सरकारले लिने योजनाले पनि अब आर्थिक अवस्था कुन रुपमा अघि बढ्छ भन्ने निक्र्योल गर्नेछ ।
नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको २०७२ सालको भूकम्पयता हो । भूकम्पले थिलथिलो बनाएको अर्थतन्त्र भारतीय नाकाबन्दीका कारण झन् समस्या प¥यो । त्यसपछि जेनतेन सम्हालिन थालेकोमा फेरि कोभिड महामारी विश्वभर नै फैलियो । कोभिडको असर नेपालमा पनि पर्ने नै भयो । लकडाउनका कारण व्यवसाय नै ठप्प हुँदै अर्थतन्त्र फेरि समस्यामा पर्यो । यो अवस्थामा सुधार आउन नपाउँदै रुस–युक्रेन युद्धको समस्या पनि विश्वभर फैलियो । यसको बाछिटा पनि नेपालसम्म आइपुग्दा अर्थतन्त्रमा झन् सुधार हुने मौका नै मिलेन ।
यी भन्दा अझै प्रमुख समस्या थियो, नेपालको राजनीति र सरकारको उदासीनता । नेपालको अर्थतन्त्र विशेषगरी रेमिट्यान्समा नै आधारित छ । विश्वभर नै विभिन्न समस्याले गर्दा रेमिट्यान्समा कमी र डलरको सञ्चिति कम हुँदा पनि नेपालमा भने सरकारले अर्थतन्त्र सुधारका लागि कुनै ठोस काम गर्न नै सकेन । अझ यसबीचमा अस्थिर राजनीति अर्को झन् ठूलो समस्या बन्यो । यद्यपि, अस्थिर राजनीतिको समस्या नेपालमा लामो समयदेखि चल्दै आएको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउँदा यो समस्या टर्ला भन्ने आशा थियो । तर, नेकपामा विभाजन र ५ वर्ष नपुग्दै सरकार ढलेपछि भने अर्थतन्त्रमा सुधार आउने सम्भावना नै भएन ।
हालैको निर्वाचनले भने कुनै पनि दललाई बहुमत दिएको छैन । त्यही कारण धेरै दलहरु मिलेर सरकार गठन भएको छ । त्यसैले पनि यो सरकार कति स्थिर हुने हो भने आशंका धेरै छ । सरकार स्थिर नहुनुको अर्थ हो, अर्थतन्त्रका लागि ठोस र प्रभावकारी रुपमा काम हुन नसक्नु । अर्कोतर्फ सरकारले अर्थतन्त्र सुधारका लागि कस्तो नीति लिन्छ भन्ने पनि अर्को प्रश्न हो । यसको केही झलक देखिन सुरु भइसकेको छ । सरकारले चालु आर्थिक वर्षमा सवारीसाधन खरिदमा रोक लगाउने भएको छ । खर्च कटौती गर्ने योजना अनुरुप नयाँ सवारी साधन खरिद रोक्नुका साथै कार्यालय सञ्चालन खर्चमा समेत न्यूनिकरण गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
दिगो अर्थतन्त्रको विकासमा जोड दिने बताउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नीतिगत र प्रक्रियागत सुधार गर्ने जनाएका छन् । उनले करदातामैत्री बनाउने, हुण्डी कारोबारको अन्त्य गर्ने, आर्थिक स्थायित्व गर्ने, सवारीसाधन खर्च कटौती गर्ने, दोहोरो भूमिका भएका अनावश्यक कार्यालयहरु खारेज गर्ने कार्यक्रम रहेको उल्लेख गरेका छन् । यस्तै, यस वर्ष नयाँ सार्वजनिक निकाय अर्थात् सरकारी कार्यालय नखोल्ने समेत सत्ता साझेदार दलहरुको प्रतिबद्धता छ । अर्कोतर्फ, बाह्य लगानी बढाउने, बाणिज्य नीति सुधार गर्ने, दैनिक उपभोग्य बस्तुको सहज उपलब्ध गराउने, बजार अनुगमनलाई प्रभावकारी बनाउने समेत न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
तर, विगतमा जस्तै यो सरकारले आन्तरिक उत्पादन बढाउने, विभिन्न वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने विषयमा भने अझै सोच्नसमेत भ्याएको छैन । नेपालमा वर्तमान समस्या भनेको हरेक वस्तुका लागि आयातमा निर्भर हुनु हो । कृषिप्रधान देश भनिए पनि नेपालले चामलदेखि गुन्द्रुकसम्म विदेशबाट आयात गर्दै आएको छ । आयातको तुलनामा निर्यात भने अत्यन्त न्यून छ । जबसम्म कुनै पनि देशले निश्चित वस्तुमा आफूलाई आत्मनिर्भर बनाउँदा तबसम्म त्यो देशको अर्थतन्त्र सबल हुन सक्दैन । यसलाई सरकारमा आसीनहरुले जति चाँडो बुझ्छन्, त्यति नै मुलुकको हित हुनेछ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक