आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नामिबियामाथि नेपालको सहज जित, सिरिजमा नेपालको रवाफिलो प्रदर्शन जारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नामिबियामाथि नेपालको सहज जित, सिरिजमा नेपालको रवाफिलो प्रदर्शन जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – विश्वकप क्रिकेट लिग-२ मा नेपालले लगातार तेस्रो खेलमा जित निकालेको छ। शनिबार टियू मैदान कीर्तिपुरमा भएको प्रतियोगिताको तेस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्दै सिरिजमा आफ्नो रवाफिलो यात्रा जारी राखेको हो।

प्रतियोगिताको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपालसमक्ष २ सय ७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा उक्त लक्ष्य नेपालले ७ विकेट गुमाएर १५ बल बाँकी हुँदै पुरा गर्‍यो।

नेपालको जितमा तीन खेलाडीले अर्धशतकीय इनिङ खेलेका थिए। आसिफ शेखले ८१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले ६५ तथा कुशल मल्लले ६२ रन बनाए। त्यस्तै रोहित पौडेलको ३९ रन रह्यो।

२ सय ६१ रनमा चौंथो विकेट गुमाएको नेपालले थप १४ रन जोड्न ३ विकेट गुमाउन पुग्यो तर नेपालको जितको आधार तीन खेलाडीको सानदार इनिङले तयार गरिसकेको थियो। जहाँ नेपालले सहज रुपमा जित हाँसिल गर्‍यो। जितसँगै नेपालले २७ खेलबाट २४ अङ्क बनाएको छ। नेपाल छैटौं स्थानमा कायमै छ। अब अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाललाई २ सय ७५ रनको लक्ष्य


नामिबियाले प्रतियोगितामा नेपालसमक्ष २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको स्कोर तयार पार्‍यो।

नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, पिक्की या फ्रान्स ४९ रनको स्कोरमा सोमपाल कामीद्वारा रनआउट भए। त्यसअघि पहिलो विकेटका लागि कार्ल बिर्केनस्टोक्स (२०)  र लो-हान्ड्रे लौरेन्सले (४१)  ले  पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। उसका लागि थप दोहोरो स्कोरका रुपमा माइकल भान लिङ्गेन २२ रन बनाउँदा कप्तान गेर्हार्ड एरसमुस १५ र जन निकोलोफ्टाइ पनि १५ रन बनाए।

सन्दीपको उच्च फर्म


नेपालका लागि सन्दीप लामिछानेले लगातार तेस्रो खेलमा ३ विकेट लिए। उनले अघिल्ला क्रमका ब्याटरलाई पेभिलियन पठाएका थिए। सन्दीपले तेस्रो खेलमा तीन विकेट लिएसँगै विश्वकप लिग-२ मा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा रहे। उनले यो सिरिजमा नै ९ विकेट हात पारिसकेका छन्।

मल्लको लगातार दोस्रो अर्धशतक


नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा मल्लले ४१ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले। उनले आफ्नो इनिङमा समान ४-४ चौका र छक्का प्रहार गरेका थिए।

उनले यसअघि शुक्रबार स्कटल्यान्ड विरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए। उनले स्कटल्यान्डविरुद्ध ८१ रनको इनिङ खेल्दै नेपालको जित निश्चित गरेका थिए।

शुक्रबारको खेलमा पनि नेपाललाई स्कटल्यान्डले २ सय ७५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य १८ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो। नामिबियासँगको अर्धशतक १८ वर्षीय उनले आफ्नो करिअरमा ३ अर्धशतक पूरा गरेका छन्।

आसिफ र ज्ञानेन्द्रको सानदार इनिङ


नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि १३९ रनको सानदार कीर्तिमानी साझेदारी गरे। ज्ञानेन्द्रले नामिबियाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए।

मल्ल र शेखले दोस्रो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे। यो साझेदारी नेपाली एकदिवसीय क्रिकेटकै कुनै पनि विकेटका लागि भएको सर्वाधिक उच्च साझेदारी हो। यसअघि नामिबियाविरुद्धकै अघिल्लो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी उच्च साझेदारीको कीर्तिमान बनाएका थिए।

मल्लले ७४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन बनाए। मल्लको यो नामिबियाविरुद्ध दोस्रो अर्धशतक हो। ज्ञानेन्द्रले युएईपछि सर्वाधिक रन पनि नामिबियाविरुद्ध नै बनाएका छन्।

त्यसअघि आसिफ शेखले नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका थिए। घरेलु सिरिजको तेस्रो खेलमा आसिफले ६२ बलमा अर्धशतक पूरा गरे। उनी ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाएर आउट भए।

ओपनर शेखले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा छैटौं अर्धशतक पूरा गरेका हुन्। उनले ६२ बलमा ६ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे। उनले २६ खेलमा छैटौं अर्धशतकसँगै कुल ७ सय रनसमेत पूरा गर्न सफल भए।

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

१० घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

आज रास्वपाको बैठक बस्दै

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज रास्वपाको बैठक बस्दै

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

भाषा आयोगकाे बार्षिक प्रतिवेदन पेस

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

  प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक