काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अब प्रत्येक वर्ष बिदा हुने भएकाे छ । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन् ।
गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । गत वर्षका सबै बिदा कायमै राख्ने गरी थप २ दिन बिदा थप गर्दै क्यालेन्टरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ ।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागनु १ गते सार्वजनिक बिदा दिएको थियो। तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको स्मरणमा सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।