काठमाडौँ- नुवाकोटमा एक यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि ३ जनाको मृत्यु भएको छ।
बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले बताएका छन्।
२ जनाको घट्ना स्थलमै र १ जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन्। उनका अनुसार बट्टारबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो।
घट्नामा परि २६ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनलाई उपचारको लागि काठमाडौँ पठाइएको उनले बताएका छन्। उनीहरुको अवस्था गम्भिर रहेको बताइएको छ।
बसमा सवार अन्य २९ जना यात्रु सवार रहेका थिए। घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ।