आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन पूर्वमन्त्री त्रिपाठीकाे सुझाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन पूर्वमन्त्री त्रिपाठीकाे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले अबको राष्ट्रपतिका लागि दलित र जनजातितिर ध्यान दिन प्रमुख दलहरुलाई सुझाएका छन् । ‘राष्ट्रपतिमा दलकै नेताभन्दा पनि समाजको एकतालाई एक ठाउँमा ल्याउन सक्ने साझा व्यक्तित्वको खोजी हुनुपर्छ । पहिलो र दोस्रो राष्ट्रपति मधेसी र महिला भइसकेपछि अबको राष्ट्रपतिमा दलित र जनजातितिर ध्यान दिए हुन्थ्यो । त्यसमा पनि गैरदलीय र स्वतन्त्र भए राम्रो हुन्थ्यो ।

चुनावी प्रक्रियामा जानुभन्दा पनि सहमति गर्नु अझ उपयुक्त हुन्थ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भने । नेपाली राजनीति सहज अनुमान गर्न सक्ने नभएको पनि उनले औंल्याए । त्रिपाठीले भने, ‘हामी सहज अनुमान हुने राजनीति गर्दैनौं । त्यस्तो अनुमान काम पनि लाग्दैन ।

प्रधानमन्त्रीले दलभन्दा बाहिर जान खोजेको सकिन्छ ।’ उनले संसदको बनोट हेर्दा स्थिर सरकार दिने स्थिति नभएकाले समीकरण बदलिनु स्वाभाविक भएको पनि बताए । फरक प्रसंगमा उनले आफूसँगको भेटमा भारतीय विदेशसचिव विनय मोहन क्वात्राले राजनीतिक कुरा नगरेको पनि स्पष्ट पारे । त्रिपाठीले थपे, ‘कोरोनाको दोस्रो लहरका बेला उहाँ नेपालको राजदूत हुनुहुन्थ्यो, त्यतिबेलादेखि म उहाँलाई चिन्छु ।

मसँगको भेटमा उहाँले राजनीति तपाईंहरु आफ्नै विषय हो, राष्ट्रपति हाम्रो यो वा त्यो रोजाइ केही छैन भन्नुभएको थियो । अरु नेताहरुसँग के भन्नुभयो, म जान्दिनँ । मसँग भेट्दा विद्युत् निर्यात, हवाई सेवा, आर्थिक सम्बन्धका चुनौतीबारे आफ्ना धारणा राख्नुभएको थियो ।’ तपाईं त पूर्व स्वास्थ्यमन्त्री पनि हो, नेपालमा जलन उपचारको व्यवस्था किन हुन सकेन भन्ने पत्रकार धमलाको प्रश्नमा त्रिपाठीले भने, ‘स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत प्रगति भए पनि धेरै कुरा हासिल गर्न बाँकी छ । मानवविकासको क्रममा जाँदाखेरि त्यो गति पक्रन समय लाग्छ ।

विकास, मित्रता र सुन्दरताको कहिल्यै अन्त्य हुँदैन । अझै पनि धेरै चुनौती छन् । चन्द्र भण्डारीको दुर्घटनाबाट हामीले पाठ सिक्नु पर्छ ।’ साथै उनले अर्थतन्त्रको चिन्ताजनक अवस्थाबारे दलहरुबीच बहस नभएको टिप्पणी गरे ।

उनले भने, ‘मैले थाहा पाएसम्म एउटा पनि बैठक भएको छैन । नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीलाई नै अर्थतन्त्र ठानेर बसिरहेको छ । अन्य अंग जेसुकै होस्, एउटा अंग बचाउन सकियो भनेर दंग पर्ने अवस्था दोषपूर्ण छ ।’

यो पनि पढ्नुहोस्

चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

१२ मिनेट अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

उपत्यकाभित्रका हिरासत कक्षको अवस्थाबारे अनुगमन

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

प्रहरी महानिरीक्षक र प्रधान सेनापतिबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक