आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मदारबाबा मेलाप्रति आकर्षण बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ ।

पहिला–पहिला मुस्लिम समुदायको मात्र आस्थाको केन्द्र बनेको मदारबाबा मेलामा पछिल्लो पटक हिन्दू समुदायका लागि पनि उत्तिकै महत्वपूर्ण बन्दै गएको छ । पुरानो ऐतिहासिक मदारबाबाको मुख्यस्थलमा पुगेर पुजाआजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको पाइन्छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–२ स्थित महलबारी बजार हुँदै मदारबाबाको मुख्य मजार स्थलसम्म (मुख्य पूजा गर्ने स्थान) पुग्न करिब नौ किलोमिटर पहाडी डाँडाको पैदलयात्रा गर्नुपर्छ । मदारबाबाको मुख्यस्थल ‘मेलास्थल जाने बाटोलगायतका केही संरचना सबै लुम्बिनी प्रदेशअन्तर्गत सुस्ता गाउँपालिका–२ मा पर्ने भए पनि मदारबाबाको मुख्य दर्शन गर्ने स्थान पहाडको फेदी क्षेत्र भने गण्डकी प्रदेशअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्दछ ।

यस वर्ष करिब दश लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मेलामा भारत र नेपालका हिन्दू धर्मावलम्बीलेसमेत वर्षौंदेखि पूजाआजा गर्दै आएका छन् । त्यसैले यस्लाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रुपमा लिने गरिन्छ ।

मदारबाबा मेला विगत चार दशकदेखि निरन्तर लाग्दै आएको छ । मदारबाबा मेला व्यवस्थापन समितिका अनुसार गत माघ २७ गतेदेखि सुरु भएको मेला आगामी फागुन दोस्रो हप्तासम्म चल्ने छ । महलबारीमा मस्जिद, गुद्दरबाबा स्थल, चावलधोइ स्थल र उच्च पहाडमा मदारबाबा मुख्य स्थल रहेका छन् । वर्षको एक पटक मदार स्थलमा मेला लाग्छ । विशेष गरी सन्तान नहुनेका लागि मदारस्थल पुगेमा प्राप्त हुने जनविश्वास रहँदै आएको पाइन्छ । रासस

यो पनि पढ्नुहोस्

मेक्सिकोमा  जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

मेक्सिकोमा जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

१ घण्टा अगाडि
चार पक्षीय छलफल एकै साथ हुने

चार पक्षीय छलफल एकै साथ हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

नयाँ पुस्तासँग बृहत् सम्झदारी गर्न सरकारसँग माग

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक