काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिनुभयो । उहाँ ८८ वर्षको हुनुहुन्छ ।
घाइते नेता डा. चन्द्र भण्डारीकाे थप उपचारका लागि भारतमा लग्ने तयारी भइरहेकाे छ ।उहाँकाे २५ देखि ३० प्रतिशत शरीर जलेकाे थियाे ।