बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिआइबीले टी-२० लिगको स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनायो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सिआइबीले टी-२० लिगको स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनायो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल टी-२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अनुसन्धान पूरा गरेको छ।

स्पट फिक्सिङमा १२ जनालाई प्रतिवादी बनाएको सिआइबीका प्रवक्ता एसपी सन्जयसिंह थापाले जानकारी दिए।

सिआइबीले अनुसन्धान प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।

प्रहरीले सेभेन थ्री स्पोर्टसका मालिक जतिन अलुवालिया, नितेश गुप्ता, पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम, अभिषेक सकलानी, राहुल शर्मा, एन्ड्रिउ म्याकर्थी, रवि माझी, समिर शेख, वीरेन्द्र साह, विकास धामी र नवीन कँडेललाई प्रतिवादी बनाएको हो। स्पट फिक्सिङमा जतिनलाई नै मुख्य अभियुक्त बनाएको एसपी थापाले बताए।

नेपाल क्रिकेट संघले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरी लिग सञ्चालन गरेको थियो। यसको मुख्य प्रायोजक पनि बेटिङ कम्पनी वान एक्स बेटबाट सञ्चालन हुने वान एक्स ब्याट थियो। जसले गर्दा पनि लिगमा बेटिङ र स्पट फिक्सिङ भएको शंका भएको थियो।

सिआइबीले लिगका खेलमा स्पट फिक्सिङ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र खेलाडी मोहम्मद आदिल आलम पक्राउ परेका छन् भने अरू प्रतिवादी फरार छन्।

गुप्ताले आरिफ शेखलाई फिक्सिङको प्रस्ताव गरेका थिए। शेखलाई प्रस्ताव आएपछि उनले एन्टी करप्सन युनिट र नेपाल क्रिकेट ‌संघ (क्यान) लाई खबर गरेका थिए। उनले नियमानुसार रिपोर्ट गरेका हुन्। उनी पोखरा एभेन्जर्सबाट खेलेका थिए।

यता पूर्वखेलाडी मेहबुब आलमले आदिललाई फिक्सिङको प्रस्ताव गरेको अनुसन्धानबाट खुलेको थियो। प्रस्तावअनुसार नै आदिलले दुई वटा खेलमै स्पट फिक्सिङ गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

आदिल जनकपुर रोयल्सबाट खेलेका थिए। पुस १२ गते भएको काठमाडौं नाइट्सविरूद्ध ८ औं खेलमा आदिलले स्पट फिक्सिङ गरेको पाइएको सिआइबीले बताएको थियो।

उनले उक्त खेलको १२ औं ओभरको पहिलो बलमा नो बल फालेका थिए। त्यस्तै फेरि अर्को बल उनले वाइड फालेको उक्त खेलको भिडिओमा देखिएको छ।

पुस १४ गते फार वेस्ट युनाइटेडविरूद्ध भएको १२ औं खेलमा पनि स्पट फिक्सिङ भएको सिआइबीले जनाएको छ। उक्त खेलको छैठौं ओभरको पहिलो खेलमा उनले नो बल फालेका थिए।

त्‍यस्तै अघिल्लो खेलमा जस्तै अर्को बलमा उनले वाइड बल फालेका थिए। पूर्वखेलाडी रहेका मेहबुब आलमले बिचौलियाको भूमिका खेलेको देखिएको छ। उनले खेलाडीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी स्पट फिक्सिङका लागि प्रस्ताव गरेको पाइएको हो।

पक्राउ परेका दुई जना खेलाडीहरूमाथि प्रहरीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार अनुसन्धान अघि बढाएको हो। मेहबुब र आदिललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ।

सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रतिवादीलाई सजायको मागदाबी गरेको छ।

‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन,’ उक्त ऐनको दफा ३१ मा उल्लेख छ।

त्यस्तै खेलमा मिलोमतो तथा अनियमितता गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। यसमा कुनै रकम लेनदेन भएको भएमा जफतसमेत गर्ने कानुनी व्‍यवस्था छ।

यस्तै ऐनमा कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई पनि मुख्य कसुरदार सरह सजाय हुने व्यवस्था छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक