बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टेलिकमको सेवा पटकपटक अवरुद्ध भएपछि नियामक प्राधिकरणले छानबिन अघि बढाउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेपाल टेलिकमको सेवा पटकपटक अवरुद्ध भएपछि नियामक नेपाल दूरसंचार प्राधिकरण आफैंले छानबिन अघि बढाउने भएको छ। एक महिनाको अन्तरालमा सरकारी स्वामित्वको टेलिकमको नेटवर्क पटक-पटक डाउन भएपछि प्राधिकरण कडारुपमा प्रस्तुत हुने भएको हो। दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको नेटवर्क पटक-पटक डाउन हुँदै आएको छ। बुधबार पनि थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको फोन, एसएमएस र डेटा सेवा चलेनन्। जसका कारण थुप्रै ग्राहक प्रभावित भएका छन्। एक महिना अघि पनि टेलिकमको नेटवकर्मा यही समस्या देखिएको थियो।

यसअघि विभिन्न समयमा टेलिकमको सेवा अवरुद्ध हुँदा सधै संचार मन्त्रालयले छानबिन गर्ने गर्थ्यो। संचार मन्त्रालयका सचिव आफैं टेलिकमको संचालक समिति अध्यक्ष हुन्छन्। जसका कारण टेलिकममाथि कुनै कारबाही भएको नजिर छैन। आफ्नै अध्यक्ष छानबिन समिति गठन गर्ने निकाय संचार मन्त्रालयको सचिव रहने भएकाले निष्पक्ष छानबिन तथा कारबाही हुनेमा शंका देखिन्छ। जसका कारण पटकपटक सेवा अवरुद्ध हुँदा पनि टेलिकम सेवाग्राही प्रति जिम्मेवार बन्नुको सट्टा टालटुल गरेरै ‘आउटडेटेड’ प्रणाली चलाउनै मग्न छ। यता नियामक प्राधिकरण यसपटक भने आफैं टेलिकमको सेवा अवरुद्ध भएको घटनाको छानबिन गर्ने निर्णयमा पुगेको छ। टेलिकमको सेवा अवरुद्ध हुँदा संचार मन्त्रालय आफैंले मात्रै छानबिन गर्दै आएकोमा प्राधिकरण त्यति खुसी भने छैन।

यसपटक भने प्राधिकरण आफैंले छानबिन गरेर दोषी भेटिए टेलिकमलाई कारबाही गर्नेसम्मको तयारी गरेको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले छानबिन प्रक्रिया अघि बढाउने कुरा पुष्टि गरे। अध्यक्ष खनालले बुधबारको घटनापछि अब प्राधिकरण आफैंले छानबिन अघि बढाउने बताएका हुन्। ‘यसअघि दुई/तीनपटकसम्म संचार मन्त्रालयले अनुरोध गर्‍यो। छानबिन कमिटी हामी बनाउँछौं त्यसमा प्राधिकरणको तर्फबाट प्रतिनिधि पठाउन भन्नुहुन्थ्यो। सरकारले नै मन्त्रालयमार्फत छानबिन गर्ने भनेपछि हामीले पनि सकारात्मक रुपमा लियौं। नियामक रुपमा हामीले अनुसन्धान तथा छानबिन गरेनौं। सरकारले गरे पनि हामीले गरे पनि फरक हुँदैन भन्ने सोच्यौं,’ खनालले भने, ‘अब भने हामी आफ्नै ढंगले टेलिकम माथि छानबिन अघि बढाउँछौं।

हामी रेगुलेटरले इन्डिपेन्डेन्ट्ली छानबिन गर्छौं। सत्यतथ्य ल्याउँछौं। निर्देशन दिनुपर्ने हो कि कारबाही गर्नुपर्ने हो हामी गर्छौं।’ यद्यपि, टेलिकमले आज दिउँसो देखि सेवा अवरुद्ध भएको बारे औपचारिक जानकारी गराएको छैन। प्रविधिमा अनेकौं रुपान्तरण भइसक्दा पनि बिलिङ प्रणाली पुरानै भएकाले टेलिकमको सेवामा निरन्तर अवरोध आइरहेको छ। बिलिङ प्रणाली ‘आउटडेटेड’ हुँदासमेत टेलिकम व्यवस्थापन नयाँ प्रतिस्थापन गर्ने ‘मुड’मा छैन। किनकि टेलिकम नेतृत्व नयाँ बिलिङ प्रणाली ल्याउनु भन्दा पुरानै प्रणाली टालटुल गरेर चलाउँदा हितकर मानिरहेको छ। जसका कारण महिना दिनमा दोस्रोपटक टेलिकमको सेवा अवरुद्ध हुन पुगेको हो। माघ ३ गते पनि बिलिङ प्रणालीमा आएको समस्या टालटुल गरेरै सेवालाई नियमित गरिएको थियो। यसैको असर बुधबार पनि देखिएको बताइएको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१२ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक