सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

जितले मनोबल बढेको छः कप्तान पौडेल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जितले मनोबल बढेको छः कप्तान पौडेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ठूलो लक्ष्य पूरा गर्दै सुखद् नतिजा निकाल्दा आफ्नो टोली निकै उत्साहित भएको बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार सम्पन्न विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा २ विकेटको रोमाञ्चक जितपछि बोल्दै कप्तान रोहितले जितबाट टोलीको हौसला बढेको बताएका हुन्।

उनले लिग–२ मा सबै ठूलो लक्ष्य २ सय ८६ रन पूरा गर्दै इतिहास रचेकोमा खुशी पनि व्यक्त गरे। यो जितपछि खेलमा लय मिलेको र आगामी दिन यस लयलाई निरन्तरता दिनुपर्ने बताउँदै अभ्यासको क्रममा बनाएका रणनीतिलाई अवलम्वन गर्दा सफलता मिलेको बताए। डगआउटमा प्रशिक्षकले दिएको हौसलाबाट ठूलो लक्ष्य पनि सजिलै मिलेको कप्तान रोहितले बताए।

स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालका लागि कुशल भुर्तेलले शतकीय पारी पनि खेले। कुशलको करियरमा पहिलो शतकीय पारी हो भने उनी ट्वान्टी–२० र एक दिवसीय खेलमा शतक पूरा गर्ने तेस्रो खेलाडी पनि बनेका छन्।

कुशल भुर्तेल।

शतक प्रहार गर्दै इतिहास बनाएका कुशलले खेलपछिको पत्रकार सम्मेलनमा खुशी रहेको प्रतिक्रिया दिए। लिग–२ मा बाँकी रहेका १२ खेलमा के गर्ने भन्ने योजना बनाइरहेको बेला पहिलो सफलताले टोलीलाई हौसला मिलेको बताए। नेपाली टोलीको एक दिवसीय मान्यता कायम रहने वा नरहने अवस्थामा प्रशिक्षकले दिएको जिम्मेवारीलाई पूरा गर्न कोशिस गरेको भन्दै कुशलले ओपनिङमा ब्याटिङ गर्न रुचाउने बताए।

उता भ्रमणकारी टोली नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस क्रिकेटको मज्जा नै प्रतिष्पर्धामा हुने गरेको बताउँदै खेलकै क्रममा धेरै कीर्तिमान पनि हुने गरेको बताए। ब्याटिङ पिच भएकाले दोस्रो इनिङलाई सहज भएको र घरेलु टोलीलाई समर्थकको साथले सुखद् नतिजा मिलेको बताए।

नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस

नेपाली टोली विगतमा ब्याटिङ पक्ष सुधारका लागि संघर्ष गरिहेको तर अहिले केही सुधार भएको उनले औंल्याए। नामिबिया कप्तान ग्रेहार्डले अहिलेको नेपाली टोलीले विकेट जोगाउँदै खेल्न अभ्यस्त हुन थालेको टिप्पणी गरे।

त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपालले स्कटल्याण्डसँग फागुन ५ मा खेल्ने छ भने फागुन ६ गते नामिबियासँग दोस्रो खेल खेल्ने छ। बुधबार नामिबिया र स्कटल्याण्डबीच खेल हुनेछ।

यो पनि पढ्नुहोस्

शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

४५ मिनेट अगाडि
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक